बाँके- नेपालगंज उपमहानगरपालिका-१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय समिर बेहेना र ३१ वर्षीय जुमाई सिद्दिकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको […]
गुलरिया— बजेट सुनिश्चिता भएपनि सार्वजनिक खरिद प्रक्रियाको काम ढिलासुस्तीले अघि बढ्न नसकेपछि गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमा पुल निमार्णको काम सुरु हुन सकेको छैन । जसका कारण दैनिक सयौँ सर्वसाधारणहरु बबई नदी वारपार गर्न पटके २५ रुपैँया तिर्न बाध्य छन् । गुलरिया र बारबर्दिया नगरपालिका जोड्न जब्दी घाटमा निमार्ण भएको पुल बाढीले भत्काएयता […]
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ भम्कास्थित राप्ती नदीको क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ । एक महिनाअघि आएको हावाहुरीले बैरिया–भम्का जोड्ने राप्ती नदीको झोलुङ्गे पुलको पश्चिमतर्फको लठ्ठा चुँडिएपछि पुल क्षतिग्रस्त भई जोखिमपूर्ण अवस्थामा पुगेको राप्ती सोनारी–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताए । “भम्का गाउँका करिब ३०० जनता लठ्ठा चुँडिएको झोलुङ्गे […]
बर्दिया- गेरूवा गाउँपालिका-५ झबहीस्थित सडकमा से.२ प ५१७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया चुलादेवी थारूको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु । आज बिहान मर्निङवाकमा निस्केका बुद्धभूमि नगरपालिका –१ वसन्तपुरकक दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । शुक्रबार बिहान करिब ५ः४५ बजे गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदैगरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई ठक्कर दिएपछि घाईते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएकी ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि […]
काठमाडौं- बाँके बैजनाथ गाउँपालिका-३ पितमारीस्थित बालसुधार गृह नौबस्ता बाँकेको एब्लकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित कोहलपुर नगरपालिका-११ बस्ने १९ वर्षीया संगीता थारूलाई बुधबार साँझप्रहरीले पक्राउ गरेको छ । बालसुधार गृहको भेटघाट कक्षमा बालबिज्यकर्तालाई भेट्न आएकी संगीतालाई उक्त पदार्थ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान […]
काठमाडाैं, ०१ जेठ । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-५ बैङरोडबाट स्रोत नखुलेको नगद १३ लाख ५० हजार रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सम्मरीमाई गाउँपालिका-७ बस्ने ३८ वर्षीय दिनेश वनिया र ३५ वर्षीया पिङ्की वनिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले लु.६८ प ४७९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने […]
नेपालगन्ज । बाँके जिल्लाका आठ वटा स्थानीय तहमध्ये खजुरा गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखाले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०-०८१ को प्रतिवेदन अनुसार बाँकेको आठ वटा स्थानीय तहमध्ये खजुरा गाउँपालिकाको सबैभन्दा कम १.५० प्रतिशत मात्र बेरुजु देखिएको हो । सो प्रतिवेदन अनुसार सबैभन्दा बढी बेरुजु बैजनाथ गाउँपालिकाको रहेको छ । सो पालिकाको […]
नेपालगन्ज। नेपालगन्ज विमानस्थलको अत्याधुनिक टर्मिनल भवन निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । आगामी पुस मसान्तसम्म टर्मिनल भवनको निर्माण सम्पन्न गर्ने गरी शर्मा एन्ड कम्पनीले ठेक्का सम्झौता गरे पनि सम्झौताको छ महिनाअगाडि असारमै निर्माण सक्ने गरी तीव्र गतिमा काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीका प्रतिनिधि सौरभ शर्माले सम्झौताभन्दा छ महिनापहिले नै काम […]
बैजनाथ (बाँके) । बाँकेको बैजनाथ गाउँपालिकामा लागु औषध एवं बालबालिकामा हुने हानी नियन्त्रणका लागि अभिभावक तथा बालबालिकालाई अभिमुखीकरण गरिएको छ । पछिल्लो समय लागु औषधको दुव्र्यसनका घटना बढीरहेको बेला समुदायका नागरिकलाई सचेत बनाउन अभियानको रुपमा कार्यक्रम संचालन गरिएको हो । बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया प्रा.लि.नेपालगन्जले अहिलेसम्म वडा नं. २, ३, ४, ५, ६, ७ […]












