बर्दिया /ईकान्तिपुर—स्वदेशी तथा विदेशी चिकित्सक तथा प्राविधिक टोलीद्वारा हात्तीको स्वास्थ्य परीक्षण सुरु भएको छ । ठाकुरबाबा नगरपालिका–९ हात्तीसारमा रहेका हात्तीको स्वास्थ्य परीक्षण मंगलबारदेखि सुरु भएको हो । उक्त हात्ती स्वास्थ्य शिविर बर्दियामा बुधबारसम्म चल्नेछ । हात्तीको स्वास्थ्य चेकजाँच तथा नङ काट्ने कार्यमा केएसिएफ भन्ने अमेरिकन भेटनरी डाक्टर, बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष(एनटिएनसि) […]
बर्दिया —औराही खोलामा डुबेर ठाकुरबाबा नगरपालिका–७ बठनपुरका १२ वर्षीय अभिषेक बुढाको मंगलबार मृत्यु भएको छ। वडाध्यक्ष कमलबहादुर विष्टका अनुसार साथीहरुसँग खोलामा नुहाउन गएको बेला दिउँसो सवा १ बजे बालक बेपत्ता भएका । घटनास्थल नजिकै बेपत्ता बालकको शव फेला परेको थियो।
राँझा (बाँके) । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका नरैनापुरवासीलाई अटोरिक्सा सञ्चालनमा आएपछि गन्तव्यसम्म पुग्न सजिलो भएको हो । नरैनापुर–६ गङ्गापुर निवासी सोहनलाल यादवका अनुसार साँझ र बिहान यात्रुवाहक बस जाने÷आउने गरे पनि अन्य समयमा आवागमनमा सास्ती […]
भैरहवा/ईकान्तिपुर— रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार राति गोली चलेको छ । मध्यरात होटल परिसरमा गोली चल्दा एक जना घाइते भएको जिल्ला प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुरज कार्कीले राति दुई समूहबीच झगडा हुँदा गोली चलेको जानकारी दिए । घटनालगत्तै प्रहरी पुगे पनि गोलीको खोका फेला नपरेको कार्कीले जनाए […]
लुम्बिनी । लुम्बिनी प्रदेशसभाअन्तर्गतको प्रदेश मामिला तथा कानुन समितिले प्रदेशअन्तर्गत प्रदेशसभाका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक तथा सुविधा कटौती गर्न दिएको सङ्घीय सरकारको निर्देशन कार्यान्वयन नगर्न प्रदेश सरकारलाई सुझाव दिएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ गते राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख र मन्त्रीहरूले पनि तीनजना मात्रै सचिवालय सदस्य राख्न […]
बर्दिया —चार वर्ष यता बर्दिया राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले ६ वटा पाटे बाघको मृत्यु भएको छ । तीमध्ये ३ भाले,२ पोथी र १ डमरु रहेको बर्दिया निकुञ्जका सूचना अधिकारी वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले जनाए । पछिल्लो पटक सन् २०२२ मा बर्दियामा गणना हुँदा १ सय २५ बाघ वटा थियो । बर्दिया निकुञ्जमा डेढ […]
बर्दिया —कब्जा गरेको कपास विकास समितिको जग्गा खाली नगरे कारबाही गर्ने चेतावनी दिएपछि भूमिहीन सुकुम्बासीले आइतबार राति त्यहाँबाट हटेका छन् । कपास विकास समिति, मधुवन नगरपालिका–८ कुसुम्बा बजारस्थित कपास विकास समितिको घर जग्गा भूमिहीनको नाममा कब्जा गरेर बसेकाहरु प्रहरीको चेतावनीपछि आइतबार राति छाडेर गएका हुन् । प्रहरीले माइकिङ गर्दै कब्जा गरेको कपास विकास समितिको जग्गा […]
बुटवल । बुटवलमा परस्त्रीसँग होटलमा बसेका बुटवल उपमहानगरपालिका–६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको शनिवार दिउँसो मृत्यु भएको छ। प्रहरीले उक्त घटनाबारे विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको जनाएको छ । बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटेल एन्ड लजमा एक विवाहित महिलासहित होटल पुगेका उनी मृत अवस्थामा भेटिएका हुन । क्षेत्रीको शव पोस्टमार्टमका लागि तत्कालै अस्पताल […]
गुल्मी — मालिका गाउँपालिका ३ ह्वाङ्दी म्यालका २३ वर्षीय भोटबहाद बिकले बुबा ५२ वर्षीय धनबहादुर बिकको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, आमा ४९ वर्षीया दिलमाया बिकलाई समेत घाइते बनाएका थिए । हँसिया र मुंग्राको प्रहारबाट बुबाको घटनास्थलमै मृत्यु भएको थियो । आमालाई उपचारका लागि गुल्मी अस्पताल हुँदै पाल्पा पठाइएकोमा हाल […]
नेपालगन्ज । बाँके जिल्लाका दुई वटा बालसुधार गृह र एउटा कारागारबाट भागेका कैदीबन्दीहरुमध्ये २२३ जना अझै पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले जेनजी आन्दोलनको क्रममा गत भदौ २४ बाँकेको नौबस्ता बालसुधार गृह, नौबस्ता कारागा र डुडुवाको आसमानपुरस्थित जयेन्दु बालसुधार गृहबाट भागेका ३४० […]












