सुर्खेत । दैलेखबाट एसईईका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नारायण नगरपालिका-१, सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको एसईई परीक्षामा एक १७ वर्षीय किशोर पक्राउ परेका हुन् । पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका प्रेम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए । प्रहरीका अनुसार न्यौपाने गैडाबाजका […]
कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिका –५ को नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा बाख्रा चराउन गएका बाबुछोरी जलेर घाइते भएका छन् । नवदुर्गा सामुदायिक वनमा दिउँसो आगलागी भएका कारण वनमा बाख्रा चराउँदै गरेका वडा –५ का बर्ष ५० का नन्दलाल चौलागाईं, उहाँको छोरी वर्ष ११ की हेमन्ती चौलागाईं जलेर गम्भीर घाइते हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय […]
जुम्ला/ तातोपानी गाउँपालिका-४ हाँकु बस्ने २६ वर्षीय काली प्रसाद उपाध्यायको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । सोही गाउँपालिका-४ पथेनीस्थित विद्युतको पोलमा चढेर विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वीरेन्द्रनगर —सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १ को गौरीटोलमा राति ९ बजेतिर स्थानीय विनोद गिरीको गाडीलाई लक्षित गरी गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीका अनुसार विनोद चढ्दै आएको गाडीमा क्षति पुगेको छ । घटनामा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन । प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको […]
जुम्ला । जुम्लामा ९ महिना देखी ५ वर्ष सम्मका बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने भएको छ । सरकारले अभियानको रूपमा लिइएको खोप जुम्लामा पनि दुई चरणमा लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जानकारी दिएको छ । जनस्वास्थ्य सेवा कार्यालयले जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मी सँगको अन्तरक्रियामा नेपाल सरकारको लक्ष्य अनुसार जुम्लामा पनि दुई चरणमा […]
जुम्ला/रासस । जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी […]
काठमाडौं/ हेलिकप्टर कुर्दाकुर्दै हुम्ला ताँजाकोट–५ डोप्ककी नवप्रसूति २३ वर्षीया अन्शु बुढाको मृत्यु भएको छ। अन्शुको सोमबार राति बाजुराको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको उनका दाजु कर्णबहादुर बुढाले जानकारी दिए। कर्णबहादुरका अनुसार अन्शुले १३ दिनअघि, पुस १२ गते पालिकाकै मदना स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिएकी थिइन्। प्रसूति अवस्थाबाट उनी तंग्रिँदै थिइन्। ‘१२ दिनसम्म उनको […]
रुकुम पश्चिम — रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ८ मा रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका ९, राडी बजार बाट वडा नं ८ घर्तीगाउँतर्फ भूकम्पपीडितका लागी राहत तथा घर निर्माण सामग्री लिएर जाँदै गरेको वडा नं १० तिरिकोटमा गए राति […]
सुर्खेत, २० मंसिर/ डुंगा पल्टिँदा बेपत्ता भएका चौकुने गाउँपालिका-५ तोस्रा बस्ने ५८ वर्षीय नन्दराम दर्लामीको शव मंगलबार फेला परेको छ । मंसिर ११ गते साँझ कर्णाली नदीमा डुंगा पल्टिँदा उनी बेपत्ता भएका थिए । तत्कालदेखि खोजी गर्ने क्रममा सोही गाउँपालिका-१० कुमालाको धुरखोलास्थित नदी छेउमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान […]
रासस/ सुर्खेत/ कर्णाली प्रदेशका प्रहरीलाई ड्युटीको समयमा मोबाइल चलाउन रोक लगाइएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीम प्रसाद ढकालले प्रहरीबाट उच्च जिम्मेवारीका साथ कर्तव्य पालना होस् भन्ने हेतुले ड्युटीमा खटिएका प्रहरीले मोबाइल चलाउन नपाउने व्यवस्था गरिएको जानकारी दिए। सुरक्षाजस्तो संवेदनशील कार्यमा खटिएका प्रहरी कर्मचारीले एकमनका साथ आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित […]












