सुर्खेत । सुर्खेतको भेरीगंगामा मृत भेटिएकी प्रेमा वलीको हत्या भएको पुष्टि भएको छ । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय वली आइतबार भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलाका मृत भेटिएकी थिइन् । हत्या गर्ने उनकै श्रीमान् २९ वर्षीय दर्शन खत्री रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । प्रहरीका अनुसार उनले प्रेमाको हत्या […]
कालिकोट – कर्णाली नदीको पारि, विकट र कच्ची सडकहरूलाई चिर्दै एउटा ट्याक्टर आइतबार राति आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको थियो। पलाँता गाउँपालिका-९ को थिर्पुबाट निस्केको त्यो सानो सवारी साधन खिनको छलाहा पुग्ने प्रयासमा थियो। तर, गन्तव्यमा पुग्न अब सकिने छैन भन्ने कसैले सोचेका थिएनन्। राति लगभग १२:०५ बजे प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतलाई फोन आयो, […]
हेमन्त केसी सुर्खेत, ५ बैशाख । बिहीबार राती जाजरकोटको सशस्त्र प्रहरीको व्यारेकमा गोलि चलाएको आरोप लगाएको छ । सशस्त्र प्रहरीको थाप्लेमा रहेको भोजको आयोजना गरिएकोमा सोही भोज सकेर राती आमन्त्रित पाहुना फर्केने क्रम्मा गोलि चलाएको आरोप लागेको हाे । नेपाली सेनाको ब्यारेकबाट आएको टोलिले सशस्त्रको व्यारेकमा गोलि चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । यो विषयमा जाजरकोटका […]
काठमाडौं, ३१ चैत- जुम्ला,चन्दननाथ नगरपालिका-५ कार्कीबाडा बस्ने ३९ वर्षीयगौरब खत्री आफ्नै घरमा शनिबार मृतअवस्थामा फेला परेका छन् । धादिङ,सिद्धलेक गाउँपालिका-७ अमल्टारस्थित त्रिशुली नदीकोकिनारमा हाल नाम,थर,वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
दाङ/ दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय वडाध्यक्ष कुलबहादुर कार्कीलाई राति विद्युतको पोलमा बाँधेर निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नम्बर ९ डौंसुरका चार जना युवाहरूको समूहले चैते दसैंको दिन राति ९ बजेतिर वडाध्यक्ष कार्कीलाई विद्युत पोलमा बाँधेर निर्घात कुटपिट गरेका थिए। कुटपिट […]
जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् । मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षती भएको प्रहरीले जनाएको छ । तोडफोडबाट दुई थान कम्प्युटर फुटको प्रहरीले बताएको छ । यो भन्दा अगाडी […]
काठमाडौँ, १७ चैत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११ औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्यैयाको स्याटालाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकबाट उक्त स्थानमा विगतमा १५ श्यैयाको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना […]
रोल्पा, १७ चैत । रुन्टिगढी ६–खारास्थित चुनढुङ्गा खानी अबैध सञ्चालन रहेको भन्दै आन्दोलन गरिएपछि तत्कालका लागि उत्खनन कार्य राकिएको छ । सम्राट सिमेन्ट प्रालिले अपनाउनु पर्ने मापदण्ड र सहमति लत्याएर खानी अवैध रूपमा संचालन गरेपछि ६ वर्षदेखि स्थानीय आन्दोलित रहेका थिए । रुण्टीगढी गाउँपालिका–६ मुरुले लेक ऐतिहासिक, धार्मिक, जैविक तथा पर्यटकीय महत्वको क्षेत्र […]
सल्यान, ११ चैत । सल्यानमा जीप दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कुमाख गाउँपालिकाको तिमिलेबाट श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको जीप सिद्धकुमाख गाउँपालिका–३ फलाटे नजिकै गतियानामा सोमबार बिहान करिब १० बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार […]
सल्यान, ६ चैत । जबर्जस्ती करणी गरेको अभियोगमा दुइ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार सल्यान र कैलालीवाट दुइ जना पक्राउ परेका हुन् । सल्यानमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका–१ कागखोला बस्ने १९ वर्षीय नबराज बुढाथोकीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। नबराजले ती बालिकालाई गत फागुन […]











