धनगढी । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको छ । उनको हत्या अभियोगमा बेलौरीकै ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) उमेश जोशीले जानकारी दिए । उनकाअनुसार मादक पदार्थ सेवनका क्रममा विवाद भएपछि भण्डारीले ढुंगा प्रहार गरी चन्दको हत्या […]
धनगढी, जेठ ३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत लिनका लागि बिहान १०ः१५ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको थियो […]
धनगढी, जेठ २ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ ३ गते बिहीबार विश्वासको मत लिनुहुने भएको छ । संविधानमा भएको व्यवस्थाबमोजिम उहाँले प्रदेश सभाबाट बिहीबार विश्वासको मत लिने तयारी गर्नुभएको हो । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि जेठ ३ गते बिहीबार बिहान १०:१५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले […]
धनगढी । कैलाली कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा दुई बालबालिकाको मृत्यु भएको छ । कैलालीका प्रहरीका अनुसार नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको हो ।
अछाम, वैशाख २५ गते । हावाहुरीसँगै परेको चट्याङका लागेर अछामको रामारोशन गाउँपालिका ७ सुतारका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको छ । घरको दैलामा बसेको अवस्थामा टाउकोमा परेको चट्याङले गौरवको घटनास्थलमै मृत्यु भएको हो । सोमबार बेलुकी नै परेको चट्याङका कारण सोही वडाका नयाँ राम भण्डारीको एक भैँसी पनि मरेको बताइएको छ […]
सेतोपाटी / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार नगर्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन्। शनिबार राति अबेर सुदूरपश्चिम एमाले संसदीय दल नेता राजेन्द्र रावलसहितका नेताहरूसँगको भेटमा एमाले अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन्। पछिल्लो समय सत्ता गठबन्धन दलहरू नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच तिक्तता बढीरहेको पृष्ठभूमिमा […]
२२ वैशाख, धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई शनिबार पनि विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री सोडारीले शुक्रबार नै विश्वासको मत लिने तयारी गरेको थिए तर एमालेले सोडारीले हतार गरेको भन्दै विश्वासको शुक्रबार नै मत नदिने अडान लिएपछि सभामुख भीमबहादुर भण्डारीले शनिबार साँझ साढे ५ बजेका लागि प्रदेश सभाको बैठक बोलाएका थिए […]
काठमाडाैँ । शुक्रबार नै मुख्यमन्त्रीले विश्वासको मत लिने भनिएपनि गठबन्धनभित्र सहमति नभएपछि स्थगित भएको बैठक शनिबार साँझ साढे ५ बजे बस्न लागेको छ। बैठकमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनेछन् । त्यसअघि गठबन्धन दलका नेताहरूबिच सहमतिको प्रयास हुनेछ ।
कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार साँझ ५ बजे विश्वासको मत लिने कार्यक्रम तय भएपछि रेशम पक्षधरको नागरिक उन्मुक्ति पार्टी समूहले विश्वासको मत नदिन ह्विप निर्देशन जारी गरेको छ । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले शुक्रबार सोडारीलाई विश्वासको मत नदिन नाउपाका सांसदहरूलाई निर्देशन दिएका हुन् । नाउपामा […]
धनगढी, वैशाख २१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत लिनका लागि बेलुका ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो । नेकपा (एकीकृत समाजवादी) का नेता सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्तिका अध्यक्ष […]










