महोत्तरी- मसलाको रुखले भुमिगत पानीमा असर पारेको निष्कर्ष सहित महोत्तरीका पालिकाहरुले धमाधम निरुत्साहित गर्ने नीति वनाएका छन । उत्तरी क्षेत्रमा वृक्षारोपण गर्दा मसलाको विरुवालाई पुर्णरुपमा निषेध गरिएको छ भने भएका रुखहरुलाई हटाउने अभियान नै चलाईएको छ । बर्दिवास मेडिकल कलेज निर्माणार्थ १९ हजार ६ सय ७० बिरुवा रोप्दा पनि मसलाको विरुवालाई सर्वसाधारणको अनुरोधमा निषेध गरिएको […]
कैलाली, १५ साउन- कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त भजनी नगरपालिका-८ बस्ने ४७ वर्षीय लल्लन जागालाई वारदात घटनाको २० बर्ष पछि प्रहरीले मंगलबार पक्राउ गरेको छ । २०६१ जेठ ३० गतेदेखि कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका लल्लनलाई ईलाका प्रहरी कार्यालय राजापुर बर्दियासँगको समन्वयमा बर्दिया मधुबन नगरपालिका-४ ढोडरी बजारस्थित बेलुवा चोकबाट पक्राउ गरेको हो । […]
धनगढी । महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। शनिबार बेलुका दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा किशोरी हाम फालेकी हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ वर्षीया धनिशा कुँवर महाकालीमा बेपत्तामा भएकी छन् । दिदीको घरमा बस्दै आएकी किशोरी महाकालीमा हाम फालेको भिडियो सार्वजनिक भएको छ । महाकालीको किनारको […]
कैलाली । धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने २२ वर्षीय अर्जुन पार्कीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी, कैलाली, धनगढी उपमहानगरपालिका-१० घुइयाघाट जयगुरू गणेश इँटाभट्टा नजिकबाट अवैध लागूऔषध […]
कैलाली । मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सकुशल उद्धार गरिएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१४ का वासिन्दाहरु नदि पार गरी घाँस काट्न गएकोमा सो नदिमा एक्कासी पानीको बहाव बढेपछि अलपत्र परेका थिए । उनीहरुको सशस्त्रको बिओपी फुलवारीले रबर बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।
धनगढी, साउन ५ गते । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता फेरि परिवर्तन गरिएको छ । असार २९ गते बहुमत सदस्यको समर्थनमा खुसीराम डङ्गौरा थारुलाई संसदीय दलका नेता बनाइएको थियो । साता दिनभित्रै उहाँलाई हटाएर पुनः घनश्याम चौधरीलाई संसदीय दलका नेता चयन गरिएको छ । बहुमत सदस्यको समर्थनमा उहाँलाई फेरि संसदीय दलका […]
धनगढी । कैलाली लम्कीचुहा नगरपालिका –२ बघनियाका ४० वर्षीया लक्ष्मी जैसीको करेन्ट लागेर मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार घरमा पोछा लगाउने क्रममा फ्रिज पछाडिको तार छुन गई घटनास्थलमा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।
बैतडी, असार ३० गते । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । पच्चीस जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ । चार दशकअघि बनेको कारागार भवन मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छ भने क्षमताभन्दा बढी बन्दी राख्नुपर्नेले सुरक्षा र व्यवस्थापन चुनौती थपिएको कारागार प्रमुख धारा भण्डारीले बताउनुभयो । टिनको छाना […]
कैलाली, २६ असार/ टिकापुर नगरपालिका-६ नारायणपुर स्थित गणेश क्षेत्रीको फेन्सी पसलमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा पसलको सम्पूर्ण कपडाहरू जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
धनगढी । बाढी, डुबानका कारण विस्थापित भएका कञ्चनपुरका बाढी प्रभावितलाई राहत उपलब्ध गराउन सुरु गरिएको छ । उद्धारको काम सकिएपछि खाना खुवाउनेदेखि अन्य राहत सामग्री उपलब्ध गराउन थालेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनुभयो । “हाम्रो पहिलो प्राथमिकता विपत्मा परेका सबैको उद्धार गर्नु थियो । हिजो रातभरि उद्धार कार्यमा खटेका थियौँ” उहाँले […]










