काठमाडौँ/ईकान्तिपुर — साताको दोस्रो दिन नेप्से २२.१४ अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ८० प्रतिशतले बढेको हो । नेप्से २७६०.२१ विन्दुमा बन्द भएको छ । आज १४३ कम्पनीको सेयर मूल्य बढ्यो भने ९२ कम्पनीको सेयर मूल्य घट्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो । आज १ लाख १३ हजार ९६४ […]
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनलाई दुई कम्पनीलाई साढे दुई वर्षका लागि कालोसूचीमा राखेको छ । त्यस्तै, रमिला लामा मुख्य व्यक्ति रहेको एनबी कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति […]
काठमाडौँ — सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक आए । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढी हो । सन् २०२३ को अक्टोबरमा एक लाख […]
रसुवा । रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो । मङ्गलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पाति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । केरुङबाट ७६ वटा मालवाहक […]
बाँके/रासस। नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी विन्दु चर्तिमगरले व्यावसायिक फूलखेती थालेकाे ६ वर्ष भयो । अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उनको अनुभव छ । जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या छजना भन्दा बढी भएका छन् । उनीहरू व्यावसायिक फूलखेतीबाट आत्मनिर्भर बनेका छन् । मौसमी बाहेक विवाहमा सजाउन, उपहार दिन, विभिन्न सभा तथा गोष्ठी लगायतमा […]
ढोरपाटन (बागलुङ).रासस- जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन्। मौरीपालनबाट उनले वार्षिक १२ देखि रू १५ लाख रूपैयाँसम्म आम्दनी गरिरहेका छन्। घर्कंदो उमेरमा पनि उनी हट्टाकट्टा देखिन्छन्। काम गर्ने जोस जाँगर पनि उनमा युवाको जत्तिकै छ। उपाध्यायको घरका बार्दली र बारीका छेउ मौरीका घारैघारले भरिएका […]
पाल्पा/रासस। पाल्पा रामपुर नगरपालिकाका व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उनीहरुको व्यस्तता बढेको छ । तिहार नजिकिँदै गरेकाले ग्राहक तथा व्यापारी घरमै आएर खरिद गर्ने गरेको व्यवसायी रुद्रनारायण बताउँछन् । उनी रामपुरमा झिनिया व्यवसाय थालनी गर्ने पहिलो व्यवसायी पनि हुन् । हाल नौजना कामदार झिनिया […]
वीरगञ्ज/रासस- वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको छ। चालु आर्थिक वर्षको तीन महिनामा एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन्। गत आवको सोही अवधिमा भएको आयातमा ६.४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ। गत आवको सोही अवधिमा एक खर्ब ५३ […]
राँझा (बाँके), कात्तिक ११ गते । धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग योजना बजेट अभावका कारण अलपत्र छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर निर्माण गर्ने भनिएको पर्यटन मार्गको काम बजेट अभावमा कार्यान्वयन हुननसकेको हो । जिल्लाका प्राचीन मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जस्थित वागीश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात […]
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । शुक्रबार चाँदी तोलामा २५ रूपैयाँले घटेर प्रतितोला २ हजार ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।












