नेपालगन्ज — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले ५ लाख ६० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। संघका नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी ओलीका अनुसार नवनिर्वाचित पदाधिकारी तथा कर्मचारीहरूबाट सो रकम संकलन गरिएको हो। विपद्को यस घडीमा बाढीपीडितलाई सहयोग गर्नु संघको प्रमुख दायित्व भएको उल्लेख […]
काठमाडौँ । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण चौतर्फी आलोचना भएपछि सरकारले महसुल घटाउने तयारी थालेको छ। यसका लागि गठित विद्युत् महसुल दर पुनरावलोकन समितिको तोकिएको १५ दिनको समयावधि सकिएकाले म्याद थप गर्ने तयारी भइरहेको छ। समितिका संयोजक अंशुकिरण शाहीका अनुसार अध्ययनको काम नसकिएकाले केही समय थपेर प्रतिवेदन बुझाउन लागिएको हो। समितिले […]
काठमाडौं- सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि ५० लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) ले दिएको अधिकार […]