काठमाडौं/अनलाईन खबर । । बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचना पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान सरकारले गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपदबाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि मात्रै १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको […]

  विश्वास रेग्मी/गोरखापत्र । काठमाडौँ, असोज ९ गते । सार्वजनिक संरचनाको पुनर्निर्माण र निर्वाचनको खर्च व्यवस्थापनका लागि सरकारले अहिलेसम्मकै सबैभन्दा ठुलो खर्च कटौतीको निर्णय गरेको छ । विगतदेखि नै चालु खर्च घटाउने र मितव्ययी बन्ने रटान लाग्दै आए पनि सरकारले यस पटक खर्च कटौतीमा ठोस कदम चालेको हो । जेनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचना बनाउनुपर्ने, […]

बाँके, असोज ५ गते । नेपालगन्जको चोक–चोकमा चोरहरूको बिगबिगी बढिरहँदा सरकारी कार्यालयहरू चोरहरूको निशानामा पर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयसँग जोडिएको नेपाल टेलिकमको नेपालगन्जस्थित उप–प्रादेशिक कार्यालयमा केबलको तार चोरी भएको छ । चोरीमा संलग्न एक जनालाई शनिबार राति स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको छ । नेपाल टेलिकम उप–प्रादेशिक कार्यालय नेपालगन्जका सूचना अधिकारी मुक्ति […]

नेपालगन्ज, असोज २ गते । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानीय तहमा गरिएको आगजनी र तोडफोडबाट तीन सयभन्दा बढी सवारी साधनहरु नष्ट भएका छन् । नष्ट भएका सवारी साधनहरुमा मोटरसाइकल धेरै रहेको विभिन्न कार्यालयबाट प्राप्त भएको तथ्याङ्कबाट जानकारी भएको छ । विभिन्न समयमा पक्राउ गरेर नेपालगन्ज भन्सार कार्यालयमा […]

  काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेका छन् । उनी पूर्व अर्थसचिव पनि हुन । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उहाँलाई आइतबार साँझ अर्थमन्त्रीमा नियुक्त गरेका हुन ।

  भैरहवा, १८ भदाै । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था ल्याए पछि नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्य समिति रुपन्देहीले विरोध जनाएको छ ।   सरकारले ल्याएको इम्बोस्ड नम्बर प्लेट योजना राष्ट्रघाती भएको ठहर गर्दै सोमबार जिल्ला कार्य समितिले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् […]

  काठमाडौं, १३ भदौं । सुनको मुल्यमा आज पनि बृद्दी भएको छ । आज सुनको मुल्य हिजोको तुलनामा १२ सयले बृद्दी भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६०० निर्धारण भएको छ, हिजो बिहीबार एक तोला सुन रु। एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो । पहिलाे […]

  काठमाडौं, ११ भदौ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता गरेको छ। मन्त्री दीपक खड्का र मन्त्रालयअन्तर्गतका तीन सचिवबीच बुधवार सम्पन्न सम्झौतामा योजनागत कामलाई परिणाममुखी बनाउन प्रतिबद्धता व्यक्त गरिएको हो।   सम्झौतामा ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिंचाई सचिव सरीता दवाडी तथा जल तथा ऊर्जा आयोग […]

  वासिङटन डिसी, ११ भदौं । अमेरिकाले हिजो भारतमा २५ प्रतिशत अतिरिक्त कर लगाउने आधिकारिक सूचना जारी गरेको छ ।   अब भारतीय समय अनुसार यो महशुल बुधबार अर्थात अगस्ट २७ गते बिहान ९ः३१ बजेदेखि लागू हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट ६ मा रुसबाट तेल खरिदमा जरिवानाको रूपमा यो शुल्क घोषणा गरेका थिए । […]

यति ब्रुअरीले नेपालगञ्जमा तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ। नेपाली हिन्दू महिलाहरूको महान पर्व  तीजको अवसर पारी शुक्रबार सो कार्यक्रम गरिएको हो । कम्पनीका महाप्रबन्धक अरुण केसीको अध्यक्षतामा भएको कार्यक्रममा मदिरा व्यवसायी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष हरिलाल न्यौपानेको प्रमुख अतिथि रहनुभएको थियो कार्यक्रममा नेशनल नेसनल सेल्स म्यानेजर राजेन्द्र बोहरा सुदूरपश्चिम सेल्स म्यानेजर कमल […]