नेपालगन्ज । बाँकेको बघौडा हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन पुलको निर्माण कार्य ५० प्रतिशत पुरा भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले जनाएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार पुल निर्माणको भौतिक प्रगति ५० प्रतिशतभन्दा बढी भइसकेको छ। सम्झौता प्रक्रियामा करिब एक वर्ष डिजाइनमा खर्चिनु परे पनि अहिले काम […]

नेपालगन्ज। पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट गत चार महिनाको अवधिमा २४ अर्बभन्दा बढीको व्यापार भएको छ । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को चार महिनामा यो नाकाबाट २३ अर्ब ८० करोड ३५ लाख २६ हजारको आयात र ७७ करोड २८ लाख ४६ हजारको निर्यात गरेर २४ अर्ब ५७ […]

नेपालगन्ज-  पश्चिम नेपालको केन्द्रविन्दु बाँकेको कोहलपुर नगरपालिका–१४ मा रहेको योयो प्लाइउड इण्डष्ट्रिज प्रालिलाई बन्द गरिँदा त्यहाँ कार्यरत छ सय कामदार बेरोजगार भएका छन् । उद्योगभन्दा बाहिरका व्यक्तिहरुलाई राखेर दर्ता गरिएको ट्रेड युनियनका नाममा भएको आन्दोलनले गर्दा गत तीन महिनादेखि योयो प्लाइउड उद्योग बन्द रहेको छ । सोही कारणले त्यहाँ कार्यरत छ सयभन्दा बढी कामदारको रोजगारी […]

    गुलरिया (बर्दिया)। बर्दियाको राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य कम्पनी) द्वारा उत्पादित करिब २५ हजार क्विन्टल चामल अहिले पनि गोदाममै थन्किएको छ । चामल थन्किएपछि नयाँ धान खरिदको सिजन चलिरहेका बेला धान भण्डारण गर्न भने ठाउँ अभाव भएको छ । खाद्य कम्पनी राजापुर शाखाले गत वर्षदेखि स्थानीय किसानबाट धान खरिद […]

  नेपालगञ्ज/ईकान्तिपुर — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका किसानले उत्पादन गरेको धान खरिदका लागि मूल्य निर्धारणसँगै कोटा लागू गरेपछि किसानहरू मर्कामा परेका छन् । यस वर्ष बाँकेमा अनुमानित १ लाख ५६ हजार २ सय मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० हजार क्विन्टल मात्र खरिद […]

बर्दिया /ईकान्तिपुर— खाद्य तथा व्यवस्था व्यापार केन्द्र राजापुरअन्तर्गत शान्तिबजार डिपोले कुपन वितरणबापत अवैध रकम असुलेको किसानले बताएका छन् । धान बिक्रीका लागि किसानलाई वितरण गरिने एक कुपन बापत डिपोले २५ रुपैयाँ असुलेको उनीहरुको भनाइ छ । ‘धान बिक्रीका लागि डिपोमा ल्याउँदा २५ रुपैयाँ दिएबापत मात्र कुपन मिल्ने गरेको छ,’ गेरुवा गाउँपालिका–६ मनाउका किसान दीपनारायण श्रेष्ठले […]

  बाँके। नेपालगञ्ज उपमहानगरपालिकाका नगरबस प्रयोगविहीन अवस्थामा बसपार्कमा थन्किएका छन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो । खरिद गरेको छ वर्षमै नगरबस प्रयोगविहीन अवस्थामा पुगेका छन् । विशेष अनुदानको रकमबाट बस खरिद गरिएकाले महिला […]

काठमाडौँ । सरकारले भूउपयोगसम्बन्धी नियमावलीमा संशोधन गर्दै कित्ताकाट खुला गरेको छ । कित्ताकाट आठ महिनाका लागि खुला भएको हो । यसअघि उक्त नियमावलीमा भूउपयोग वर्गीकरण नगरेका स्थानीय तहमा २०८२ असार मसान्तदेखि कित्ताकाट बन्द हुने उल्लेख थियो । योसँग करिब ५०० स्थानीय तहमा घरजग्गा कारोबार प्रभावित हुँदै आएको थियो । संशोधित नियमावलीमा यो मिति २०८३ असार […]

  काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको मुल्य फेरि साढे २ लाख नाघेको छ । जसका कारण सुनको प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ पुगेको । अघिल्लो दिनको तुलनामा आज एकैदिन सुन तोलामा ५ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ४४ हजार ३ सय […]

      काठमाडौँ /ईकान्तिपुर — साताको दोस्रो कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४.१५ अंकले घटेको छ । शून्य दशमलव १६ प्रतिशतले घटेपछि समग्र नेप्से परिसूचक २५ सय ६१ दशमलव ९४ बिन्दुमा ओर्लिएको छ । आइतबार नेप्से ३०.०२ अंकले घट्यो । सोमबार कारोबारमा आएकामध्ये ९१ कम्पनीको सेयर मूल्य बढ्यो, १५१ कम्पनीको मूल्य घट्यो […]