बीबीसी- दशैँपछि सहरी क्षेत्रमा डेङ्गी रोगको प्रकोप र पहिल्यै अन्य रोग भएका बिरामी अस्पतालमा भर्ना हुने दर बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले बताएका छन्। “अझै एक महिना नेपालमा डेङ्गी सङ्क्रमण बढ्न सक्ने देखिन्छ र त्यसबीचमा थप क्षति नहोस् भन्नका लागि हामी सजग भएका छौँ,” प्रवक्ता डा प्रकाश बुढाथोकीले बीबीसी न्यूज नेपालीसँग भने। जनस्वास्थविज्ञ तथा […]
काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा हर्नियाँको शल्यक्रिया गर्न लागेको निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालले जानकारी दिएका छन् । यादवको शल्यक्रिया प्रा.डा. रमेशसिंह भण्डारी (युनिट चिफ एन्ड लिभर ट्रान्सप्लान्ट सर्जन र डा. सुमिता प्रधानको टिमले गर्दै छन् ।
काँक्रेविहार- कर्णालीका ४८ स्थानीय तहमा छैनन् आधारभूत अस्पतालकर्णालीको दुर्गम क्षेत्रमा बिरामीलाई बोकेर अस्पताल लगिँदै । फाइल तस्वीर । स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । जम्मा ७९ स्थानीय तहमा सात सय १८ वडा छन् । आठ स्थानीय तह […]
टोकियो, असोज ३० गते । जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जङ्गली पन्छीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु०) फेला परेको भन्दै जोखिम न्यूनीकरणका लागि राष्ट्रव्यापी रूपमा चेतावनी जारी गरिएको छ । जापानको वातावरण मन्त्रालयले होक्काइदोमा दुई फरकफरक स्थानमा भाइरस फेला परेपछि यो निर्णय गरिएको जनाएको छ । मन्त्रालयका अनुसार, सेप्टेम्बर ३० मा ओटोब नगरमा एउटा […]
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजनाअनुसार […]
काठमाडौँ । विजय कुमार शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पिएसआइसियू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि ४ करोड रुपैयाँ सहयोग प्रतिबद्धता जनाएको छ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाको पहलमा खोल्न लागिएको छ । शाह […]
बाँके, असोज १४ गते । बाँकेमा बिरामीका लागि माग अनुसारको रगत अभाव भइरहँदा विभिन्न सङ्घ संस्थाले रक्तदान कार्यक्रमलाई अघि बढाएका छन् । नेकपा एमाले बाँकेको आयोजनामा भएको रक्तदान कार्यक्रममा करिब दुईसय जनाले रक्तदान गरेका छन् । क्षेत्र नम्बर १ निर्वाचन समन्वय समितिको आयोजनामा कोहलपुरमा भएको कार्यक्रममा १५३ जनाले रक्तदान गरेको संयोजक कुश्माखर बस्यालले जानकारी […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डाक्टर सम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै आचार्यको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेका हुन् । समितिमा विकास अर्थशास्त्री तथा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर रघुराज […]
काठमाडौँ । मोबाइल फोनको प्रयोगले क्यान्सर निम्त्याउँछ भन्ने डर र भ्रम प्रायः फैलिन्छ । तर के यो वैज्ञानिक रूपमा सही छ ? हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसबारे एक प्रतिवेदन सार्वजनिक गरेको छ । यस समीक्षा प्रतिवेदनमा मोबाइल फोन र क्यान्सरबीचको सम्बन्ध जान्नका लागि विश्वभर गरिएका धेरै अध्ययनहरूको समीक्षा गरिएको छ । यो […]
काठमाडौँ । डेंगु रोगका बिरामी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ । महानगरले व्यक्तिको घरमाभन्दा सार्वजनिक निकायका भवन कम्पाउण्ड बढी जोखिममा रहेको बताउँदै तालिकावद्ध सफाइको संस्कृति चलाउनु पर्ने औल्याएको छ । यसपछिका कम्तीमा ४ हप्ता डेङ्गी नियन्त्रणका कार्यक्रममा थप सक्रिय हुनु पर्ने, डेङ्गीबाट बच्न हरेक व्यक्ति सचेत […]












