काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकी पक्सलाई विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकट घोषणा गरेको छ । डब्ल्यूएचओले दुई बर्षमा मंकीपक्सलाई स्वास्थ्य संकट घोषणा गरको यो दोस्रो पटक हो । यो रोग स्वास्थ्य आपतकालिन रूपमा रिपोर्ट गरिएको छ । कंगोमा यो रोगको प्रकोप फैलिएको छ र छिमेकी राष्ट्रहरू पनि यसको चपेटामा परेका छन् । मंकी […]

नेपालगन्ज। भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा डेंगुको जोखिम बढ्दै गएको छ । गत आर्थिक वर्षमा जिल्लामा ९४ जना बिरामीमा डेंगु पुष्टि भएपछि यो जिल्ला डेंगुको जोखिममा रहेको पाइएको हो । आर्थिक बर्ष २०८०–८१ मा अस्पताल बाहेक बाँकेका स्वास्थ्य संस्थामा मात्र ९४ जनामा डेंगु पुष्टि भएको तथ्याङ्क सार्वजनिक गर्दै स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन दुर्गा […]

काठमाडौं, ३१ साउन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार मंकीपॉक्स लाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। दुई वर्षमा यो दोस्रो पटक हो कि यो रोगलाई स्वास्थ्य आपतकाल घोषणा गरिएको हो। कंगोमा यो रोगको प्रकोप छ, जसका कारण छिमेकी देशहरु पनि प्रभावित भएका छन् । बाँदर बिफर जस्तै भाइरल रोग हो। यो भाइरसको संक्रमणले […]

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा ‘सिटिस्क्यान मेसिन’ सञ्चालनमा नआउँदा सेवाग्राही समस्यामा परेका छन् । बर्दिया मधुवन नगरपालिका, तारातालका राधेश्याम थारुले भेरी अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालनमा नआउँदा उपचार गराउन समस्या भएको बताए । “यहाँ राम्रो उपचार होला भनेर बिरामीलाई ल्याइयो, चिकित्सकले सिटिस्क्यान गर्न भनेपनि भेरीमा बिग्रिएकोले एक रात कुर्नुपर्यो”,उनले भने,“भोलिपल्ट पनि नबनेपछि बिरामीलाई बाहिर सिटीस्क्यान गराउनु […]

काठमाडौं । झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट शिक्षिकाको ज्यान गएको छ। हल्दीबारी-३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा बी एन्ड सी अस्पताल बिर्तामोडमा निधन भएको हो। महिला ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल पुगेकोमा त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बी एन्ड सी अस्पताल लगिएको […]

खजुरा, साउन २० गते । नेपाल नेत्रज्योति सङ्घ बाँकेद्वारा सञ्चालित नेपालगन्जको फुल्टेक्रास्थित फत्ते बाल आँखा अस्पतालले गत आर्थिक वर्ष २०८०/८१ मा एक लाख ३३ हजारभन्दा बढी व्यक्तिको आँखाको परीक्षण गर्नुका साथै उपचार गरेको छ । २०४३ सालमा स्थापना भई आँखा उपचारमा सेवा प्रदान गर्दै आएको अस्पतालले गत आव २०८०/८१ मा एक लाख ३३ हजार ३३८ जना […]

काठमाडौँ । अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । हरेक नवजात आमाले आफ्ना बच्चाहरूलाई स्तनपान गराउँदा ध्यान दिनु पर्ने केही महत्त्वपूर्ण कुराहरू रहेका छन् । जस्तै नयाँ आमाको आहार, कुन बानी छोड्नुपर्छ, कस्ता शारीरिक र मानसिक समस्याको सामना गर्नु परेको छ भन्ने कुरा निकै महत्वपूर्ण हुन्छन् । जन्मको पहिलो दिनदेखि छ महिनासम्म […]

काठमाडौँ । यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए । उनले सहरी क्षेत्रमा बढ्दो जनधनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरका […]

  बीबीसी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको ‘विपन्न नागरिक उपचार सम्पर्क केन्द्र’ को बाहिरपट्टि ‘सिकलसेल रोग’का बिरामीहरू प्राय: लाइनमा रहेका हुन्छन्। हप्तैपिच्छे जसो रगत आवश्यक पर्ने उनीहरूलाई लाइनमा सहजीकरण गरिरहेका उक्त केन्द्रका हरि थापाले भने, “नियमित आउने धेरै बिरामीहरू हिजोआज लाइनमा देखिँदैनन्। सधैँ आइरहने दुई जना बच्चा पनि आउन छोडेका छन्। शायद केही भयो कि!’’ […]

काठमाडौँ । काठमाडौँको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डाक्टर अर्जुनप्रसाद सापकोटाले कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा देखिएको जानकारी दिएका छन् । सापकोटाका अनुसार तीनै जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ । यसअघि ललितपुरमा ७ जना र कैलालीमा ३ जनामा हैजा पुष्टि भएको थियो । हैजा सङ्क्रमण […]