१८ असार , बढैयाताल गाउँपालिका लाई पुर्ण खोप सुनिश्चितता भएको घोषणा गरिएको छ । पूर्णखोप गाउँपालिका सुनिश्चित गर्ने राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम मंगलवार बढैयाताल गाउँपालिका लाई पुर्ण खोप सुनिश्चितताको घोषणा गरिएको हो । पूर्ण खोप दिगोपना पालिका सनिश्चितता घोषणा प्रमाण पत्र वितरण कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति बर्दियाका संयाोजक सुर्य बहादुर बिष्ठले   बढैयाताल […]

हेटौँडा, असार ११ गते । जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा आठ जना सामान्य बिरामी भएका छन् । बिरामी सबैजनाको चितवनस्थित भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ भने हेटौँडा अस्पतालमा उपचारपछि आठ […]

  नेपालगन्ज, असार ६ गते । पश्चिम नेपालको सुविधासम्पन्न सहरका रूपमा परिचित नेपालगन्ज पछिल्लो समयमा स्वास्थ्य उपचारको केन्द्र (हब) का रूपमा विकसित हुँदै गएको छ । नेपालगन्जमा सरकारी र गैरसरकारी दुवै पक्षबाट अत्याधुनिक सेवा सुविधासहितका नयाँ नयाँ अस्पताल खुल्दै गएपछि यो सहर पश्चिम नेपालको स्वास्थ्य हब बनेको हो । नेपालगन्ज मेडिकल कलेज, भेरी, वेस्टर्न, आइसिआरसी, सिद्धार्थ अस्पताल, […]

महेन्द्रनगर (कञ्चनपुर) असार ५ गते । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेङ्गुको सङ्क्रमण पनि बढ्दै […]

नेपालगन्ज, असार ४ गते । बाँकेमा दिनदिनै बढ्दो तापक्रमका कारण रगत अभाव झन् चर्किएको छ । रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले अत्यधिक गर्मी र ४४ डिग्रीसम्म पुगेको तापव्रmमका कारण रक्तदान हुने व्रmम घटेपछि रगत अभाव झनै चर्किएको रेग्मीले बताउनुभयो । उहाँले गर्मीकै कारण बिरामी थपिँदा रगतको माग पनि बढ्दै गएको बेला रक्तदान घटेकाले […]

भैरहवा/ईकान्तिपुर — क्षमताभन्दा अत्याधिक धेरै कैदी/बन्दी राख्नु पर्दा भैरहवास्थित जिल्ला कारागार रुपन्देहीमा कैदी/बन्दी बिच आपसमा झैँ-झगडा हुने र गर्मी याममा महामारी रोगको जोखिम हुने गरेको छ । क्षमताभन्दा चार गुणा भन्दा धेरै कैदीबन्दी राख्दा कारागारमा सुरक्षा व्यवस्थापनपनि निकै चुनौतीपुर्ण बनेको छ । साँगुरो भवनमा भेडाबाख्रा जस्तै अत्याधिक कैदीबन्दी राख्ने गरिएको छ । कारागारको क्षमता १ […]

काठमाडौँ, असार २ गते । तराईका मुख्य सहरमा रगतको अभाव देखिएको छ । गर्मी मौसममा बिरामीको सङ्ख्या वृद्धि भएसँगै तराईका जिल्लामा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीका अनुसार नेपालगन्ज, वीरगन्ज, भरतपुर, बुटवल, भैरहवा, विराटनगर, हेटौँडालगायत तराईका सहरमा रगतको अभाव देखिएको हो । तराईका कतिपय स्थानको तापक्रम ४४ डिग्रीभन्दा बढी भएको, गर्मीले अस्पतालमा बिरामीको सङ्ख्या बढेको, अत्यधिक […]

  जानकी (बाँके), जेठ २६ गते । बाँकेको नेपालगञ्जमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-२२ पुरैनीमा शुक्रबार शिविर सञ्चालन गरिएको हो । कान्ति आरोग्य अस्पताल नेपालगञ्जको आयोजना एवम् उपमहानगरपालिकाको सहयोगमा शिविर सञ्चालन भइरहेको छ । उक्त शिविरमा सुशील कोइराला क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.इन्द्रनील घोषले पाठेघरको मुख नियमितरुपमा […]

नेपालगञ्ज/ रासस । बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना छालारोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा.बद्री चापागाईले जानकारी दिनुभयो । उहाँले […]

खजुरा, जेठ २२ गते । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमार्फत सञ्चालन हुँदै आएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अब अध्ययन नगराउने भएको छ । कलेजले अस्पताल मात्र सञ्चालन गर्ने जनाएको हो । स्थापनाकालदेखि हालसम्म नेपालगन्जमा चिकित्सक अध्ययन र अस्पतालका रूपमा सञ्चालन हुँदै आएको उक्त मेडिकल कलेजमा अब भने चिकित्सक अध्ययन नहुने भएको हो । […]