शुक्रबार, १७ कात्तिक । आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । र भोली बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मकालाई भिटामिन ‘ए’ र जुका दुवैको औषधि खुवाउन लागिएको हो ।
रासस, काठमाडौं, कात्तिक १६ । अझै १९५ स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गरेका छैनन्। सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउनका लागि लागि अस्पताल निर्माण गर्ने घोषणा गरे पनि ती स्थानीय तहले निर्माणको प्रक्रिया नै अगाडि बढाएका छैनन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा डिपिआर पेस नगर्दा […]
काठमाडौँ । जाडो याम सुरु भए पनि काठमाडौँका मुख्य अस्पतालहरूमा डेंगुका बिरामीको संख्या घट्नुको साटो बढ्दो छ । राजधानीको सिभिल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा डेंगु सङ्क्रमित उपचारका लागि आउने क्रम बढेको अस्पतालहरूले बताएका छन् ।ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले पनि डेंगु सङ्क्रमण बढेको पुष्टि […]
काठमाडौँ । नेपालले नवजात शिशुको मृत्युदरलाई कम गर्ने प्रतिबद्धता जनाए पनि अपेक्षित सफलता हासिल गर्न सकेको छैन । पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर कम भए पनि नवजात शिशुको मृत्युदर कम गर्ने लक्ष्य पूरा गर्न कठिन हुने जनस्वास्थ्यविद्हरू सुनाउँछ्न । नेपालले सन् २०३० सम्ममा नवजात शिशुको मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ सम्म पुर्याउने लक्ष्य राखेको […]
बीबीसी / पछिल्ला वर्षमा नेपालमा पहिलेको दाँजोमा उपभोग्य मासुको उत्पादन र खपत बढ्दै गएको अधिकारी तथा व्यवसायीले बताएका छन्। उनीहरूका भनाइमा पछिल्लो समयमा औसत नेपालीहरूको आयमा देखिएको वृद्धिसँगै मासुको उपभोग पनि निकै बढेको हो। अन्य पशुपन्छीको तुलनामा कुखुराको मासुको खपत निकै बढेको उनीहरू बताउँछन्। पोषणविद्का भनाइमा नेपालीको प्रोटिनको मुख्य स्रोतको रूपमा मासु रहँदै आएको छ। […]
पाल्पा — पाल्पामा डेंगी संक्रमणबाट माथागढी गाउँपालिका–२, रुप्सेका ८४ वर्षीय पुरुषको डेंगी संक्रमणबाट मृत्यु भएको छ । उनको उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुषमा डेंगी, स्क्रबटाइफसलगायत अन्य समस्या देखिएको र उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनी असोज २७ गते भर्ना भएर उपचारमा थिए । […]
फाइल तस्वीर । २ कात्तिक, काठमाडौं । चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका हुन् । चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । बीआरईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई […]
बुटवल — लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकारअन्तर्गतका १३ वटा अस्पतालका अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार ल मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयले पेस गरेको अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । त्यसैगरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा […]
कात्तिक, काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । अनलाईन खबरका अनुसार सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस […]
काठमाडौँ — प्यालेस्टिनी क्षेत्र गाजामा रहेको अल अहली अस्पतालमा मंगलबार भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो घटना कसले गरायो भन्नेमा इजरायल र हमास अधिकारीहरूले एकअर्कालाई दोष लगाएका छन् । इजरायली आक्रमणबाट बच्नका लागि अस्पताललाई आश्रयस्थलका रूपमा समेत प्यालेस्टिनी नागरिहरूले प्रयोग गर्दै आएका थिए । अस्पतालका कार्यरत एक […]












