काठमाडौँ/ईकान्तिपुर — सरकारको प्रस्तावविपरीत जिल्ला शिक्षा कार्यालय खारेजी गर्नुपर्ने र एसईई परीक्षालाई निरन्तरता दिनुपर्ने पक्षमा सांसदहरू देखिएका छन् । सरकारले ल्याएको विधेयकमा संशोधन माग गर्ने अधिकांश सांसदले कार्यालय राख्न नहुने र एसईई प्रदेश तहबाट सञ्चालन गर्नुपर्ने धारणा राखेका हुन । जिल्ला शिक्षा कार्यालय खारेजी र एसईई निरन्तरतामा सांसदकाे मत सरकारले भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको […]

काठमाडौँ । असोज २५ गते बसेको प्रतिनिधिसभा बैठकले विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाउने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको थियो । शिक्षा […]

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले गत असोज ९ र १० गते कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षा दिएका थिए। जसमा ८८ हजार ९४७ विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। ७५।४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन्। १५ जना विद्यार्थीको परीक्षा रद्द […]

  जाजरकोट — जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्पमा परेर एक जना शिक्षक र ११ जना विद्यार्थीको मृत्यु भएको छ । २ शिक्षक र २० विद्यार्थी घाइते भएको प्रारम्भिक विवरण संकलन भएको जिल्ला शिक्षा विकास समन्वय इकाईका सूचना अधिकारी तिलकप्रसाद भट्टराईले बताए । जाजरकोट भूकम्प स् एक शिक्षक र ११ विद्यार्थीको मृत्यु, २ सय […]

  १५ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले शिक्षक तथा कर्मचारीको १०० प्रतिशतसम्म भत्ता वृद्धि गर्ने निर्णय गराएका छन् । गत १२ असारको त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)ले आर्थिक अवस्था कमजोर भएको भन्दै पदाधिकारी, शिक्षक, कर्मचारीको प्रोत्साहन, अतिरिक्त समयमा काम गरेको पारिश्रमिक १ साउनदेखि लागू हुने गरी कटौती गरेको थियो ।   उक्त निर्णय […]

डोल्पा । अहिलेको प्रारम्भिक बालविकास कक्षा जस्तै त्यतिबेला शिशु कक्षाको अवधारणा थियो। ठाउँ/ठाउँमा बालबालिकाले घरपायक पढ्न मिल्नेगरि बालमन्दिर स्थापना भयरहेकै थिए। डोल्पाको सदरमुकाम दुनैमा अहिलेको जति सुविधा पुगेको थिएन। तर त्यतिबेलै बालमन्दिर स्थापना भयो। २०३३ साल वैशाख ८ गते तत्कालीन बडामहारानी रत्न राज्यलक्ष्मी शाह दुनै पुगेको मौका पारेर बालमन्दिरको उद्घाटन गरियो। शिशुहरूलाई घरपायक पढ्न मिल्ने […]

    कार्तिक ६, ईकान्तिपुर नेपालको होनहार शैक्षिक प्रतिभा पलायन भएको महसुस हुन्छ । यस्तो प्रतिभा पलायनले हाम्रो देश कसरी बन्छ भन्ने प्रश्न सबैतिर खडा भएको छ । नेपालमा अहिले प्रारम्भिक बालशिक्षा, आधारभूत शिक्षा, माध्यामिक शिक्षा र उच्च शिक्षा गरी चारतहमा शैक्षिक कार्यक्रमहरुको अध्ययन–अध्यापन एवं अनुसन्धान हुँदै आइरहेको छ ।   नेपालको संविधान २०७२ ले […]

  ईकान्त्तिपुर/ काठमाडौँ — विद्यालय शिक्षा विधेयक संसद्मा विचाराधीन रहेको अवस्थामा शिक्षाविद्हरूले निजी विद्यालयलाई ५ वर्षभित्र गैरनाफामूलक गुठीमा लैजानुपर्ने सुझाव दिएका छन् । शिक्षा ऐन जारी भएको ५ वर्षभित्रमा निजी विद्यालयलाई निजी वा सार्वजनिक शैक्षिक गुठीमा रूपान्तरण गर्नुपर्ने उनीहरूले औंल्याएका हुन् ।   केदारभक्त माथेमा, विद्यानाथ कोइराला, मनप्रसाद वाग्ले, मीनबहादुर विष्ट, विनय कुसियत, ब्रजेश पन्त, टीका भट्टराईसहितका […]

  रासस/ कञ्चनपुर, असोज २८ शुक्लाफाँटा नगरपालिकाको आन्तरिक किचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ। दसैंका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन्। यसैबीच दसैंका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मा भण्डारीले आफ्नै तलबवापतको रकम वितरण गरेका छन्। उनले साउनदेखि असोज महिनासम्मको पाएको तलब बापतको रकम विद्यालयमा कार्यरत […]