नेपालगन्ज असोज, १४ सोमबार २०८१
कृषि ज्ञान केन्द्र बाँकेले चालु अर्थिक बर्ष २०८१÷८२ को बार्षिक कार्यक्रम सर्वजनिक गरेको छ । आइतबार कृषि ज्ञान केन्द्रको सभाहलमा एक औपचारिक कार्यक्रमका बिच ६ करोड ७४ लाख ६० हजार बजेटको कार्यक्रम सर्वजनिक गरिएको छ । जुन बजेट गत आर्थिक बर्षको तुलनामा २२ प्रतिशतले कमी रहेको केन्द्रका प्रमुख बिनोद घिमिरेले बताए । गत बर्षको भुक्तानी पनि गर्नु पर्ने भएकाले चालु आर्थिक बर्षमा जम्मा बजेटको करिब ३० प्रतिशत बजेत घट्ने उनले बताए । कार्यालयमा ७० प्रतिशत जनशक्तिबाट मात्रै कार्यक्रम कार्यान्वयन गर्नु पर्ने छ । सबैको साझेदारीबाट मात्रै लक्ष्य हासिल गर्न सकिन्छ । त्यसका लागि सबैसंग समन्वय र सहकार्य गरिने प्रमुख घिमिरेले बताए । बार्षिक कार्यक्रम सर्वजनिक गर्दै कार्यक्रमका प्रमखु अतिथि जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र कुमार चौधरीले जिल्लाका किसानका लागि धेरै उपलब्धिकुलक कार्यक्रम रहेको बताए । ती कार्यक्रमबाट किसानहरु प्रतक्ष्य लाभ पाउने संयोजक चौधरीले बताए ।
Advertisement
चालु आर्थिक बर्षमा प्रबिधिक सेवा, बिउबिजन, स्थानीय तहसंगको सझेदारी कार्यक्रम, प्रर्दशन कार्यक्रम, सिचाई, यान्त्रिकरण, तरकारी र च्याउ प्रबद्र्धन कार्यक्रम, बिपन्न महिलालाई सहयोग गर्ने लगायत्का कार्यक्रमहरु रहेको कार्यालयले जनाएको छ । चालु आर्थिक बर्षबाट ज्ञान केन्द्रले बार्षिक कार्यक्रम समयमै कार्यन्वयन गरी समयमै भुक्तानी गर्ने जनाएको छ । बिगतमा ढिलो गरेर कार्यक्रम सम्पन्न हुदां कतिपय किसानहरु भुक्तानी नपाउने समस्याका कारण, यो चालु आर्थिक बर्षको कार्यक्रम जेष्ठ मसान्तमै सम्पन्न गरी भुक्तानी गर्ने गरी काम गर्ने कार्यालयले जनाएको छ । कार्यक्रममा कृषि प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुराका प्रमुख श्रीधर ज्ञावाली, कोहलपुर नगरपालिकाका कृषि शाखा प्रमुख चन्द्र बुढा, किसान जयपाल मौर्य लगायत्ले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका सहसंयोजक सिता कार्की, तथा कृषि संग सम्बन्धित कार्यालय प्रमुख तथा प्रतिनिधि, कृषि प्रबिधिक, किसान लगायत् सरोकारवाला निकायको सहभागिता रहेको थियो । कार्यक्रम संञ्चालन बरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले गरेका थिए ।