दांगमा बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवानले गरे आत्माहत्या

बुटवल । दशैको समयमा पिग खेल्न दिने भन्दै दांगका ८ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका दुई जवानमध्ये सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छन् ।

गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा मगर झुन्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले दसैँको बेलामा पिङ खेल्न गएका नाबालिकालाई बलात्कार गरेको प्रहरीसँग बयानमा स्वीकार गरिसकेका थिए ।

Advertisement

प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले नाबालकका करणी आरोपमा प्रहरीले पक्राउ परेका थिए।

८ र १४ वर्षीया बालिकालाई बलात्कार घटनाः दुई सशस्त्र प्रहरी पक्राउ

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु