यातायातका लागि जग्गा उपलब्ध गराउन नेपालगन्जको बिज्ञाप्ति जारी ।


नेपालगञ्ज २७ कार्तिक २०८१
नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जस्थित यातायात ब्यवस्था कार्यालयका लागि आवश्यक जमिन, भौतिक पूर्वाधार र संरचना उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । उपमहानगरपालिकाले मंगलबार एक विज्ञप्ती जारी गर्दै कार्यालयका लागि जमिन, भौतिक पूर्वाधार र संरचना उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । कार्यालयका लागि जमिन तथा भौतिक पुर्वाधार उपलब्ध गराउन खोज्दाखोज्दै पनि गराउन नसकेको भन्दै झुठो प्रचारबाजी हुनु दुःखद् भएको बिज्ञप्तीमा उल्लेख गरेको छ ।
नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहु, १८ का अध्यक्ष दिपककुमार बर्मा, ४ का अध्यक्ष गोपाल पुन, वडा नम्बर २ का अध्यक्ष मनोजकुमार श्रेष्ठ, २० का अध्यक्ष कौशलकुमार धोबी तथा कार्यपालिका सदस्य बसन्त कनोजियको संयुक्त हस्ताक्षर सहितको विज्ञप्ती मार्फत नेपालगञ्ज बाँके जिल्लाको सदरमुकाम सहर भएका कारण पनि आम जिल्लाबासीले अपनत्व महसुस गर्ने गरी सरकारी कार्यालयहरुलाई ब्यवस्थित बनाई सेवा प्रवाहमा प्रभावकारिता ल्याउनका लागि नेपालगञ्ज उपमहानगरपालिका प्रयासरत रहेको स्पष्ट पारिएको छ ।

“हाल जुन जुन कार्यालय जहाँ जहाँ छन्, तत् तत् भूगोलमा रहने गरी पूर्वाधारको हिसाबले मजबुत बनाउनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो भूमिका र दायित्व सही ढंगले निभाउने विश्वास दिलाउँछौं,“ विज्ञप्तीमा भनिएको छ–“लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्रीज्यू हाल चीन भ्रमणमा रहनुभएका कारण उहाँ फर्किए लगत्तै मुख्यमन्त्रीज्यू, उद्योग, पर्यटन तथा यातायात मन्त्रीज्यू, जिल्लास्थित माननीय सांसद, राजनीतिक दल तथा स्थानीय जनप्रतिनिधिज्यूहरु लगायत सरोकारवालाहरुसंग सघन छलफल गरी यस विषयलाई टुंगोमा पुर्याउने भूमिका निर्वाह गरिने प्रतिबद्धता जनाउँदछौं ।“नेपालगञ्ज उपमहानगरपालिकाले यस अभियानमा आ–आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्न अपील समेत गरेको छ । नेपालगञ्जमा रहेको यातायात कार्यालय कोहलपुरमा स्थानान्तरण गर्न लागिएको चर्चासंगै यतिबेला बाँके जिल्ला तातेको छ । यातायात कार्यालय हाल बाँके गाउँमा भाडाको घरमा छ । बिज्ञाप्ति जारी गर्दै नगर प्रमुख बिष्टले भने, “हामीले बिगतदेखि नै यातायात कार्यालयका लागि जग्गा दिन तयार हुदां हुदै पनि यातायात कार्यालयले घर भाडामा लियौ, अहिले एकाएक कुनै जानकारी नै नदिएर कार्यालय सार्ने कुरा अगाडी बढाएको छ, यो आपत्तिजनक  छ, अहिले मुख्य मन्त्रि चिन भ्रमाणमा हुनुहुन्छ, आएपछि डेलिकेशन लिएर जाने बताए” । यातायात व्यवस्था कार्यालय नेपालगन्जमै राख्नका लागि लुम्बिनी प्रदेश सरकारसंग राखे पनि सरकार फेरबदलका कारण पनि प्रक्रिया अगाडी बढ्न नसकेको हो । नेपालगन्ज बर्दियालाई पनि पायक पर्ने भएकाले यातायात कार्यालय नेपालगन्जमै उपयुक्त रहेको नगर प्रमुख बिष्टको भनाई छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु