सदभाव र्याली लगत्तै नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु

file photo
नेपालगन्ज । केही दिनदेखि नेपालगन्जमा दुई समूहबीच देखिएको तनावलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको जनाएका छन् ।

केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएपछि मंगलबार बिहान सदभाव र्याली गरिएको थियो । र्याली िनकालिएको केहीबेरमा अर्को पक्षले र्याली गरेपछि अनिश्चितकालीन कर्फ्यु लगाएको हो ।

Advertisement

प्रशासनले पुर्बमा राप्ती पुल, पश्चिम खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक दक्षिणमा जमुनाहा सिमालाई कर्फ्यु आदेश दिइएको हो ।

सदभाव र्याली लगत्तै नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु