नेपालगन्जमा प्राशिक्षकलाई प्राङ्गारिक तथा जैबिक मल बनाउन प्रयोगात्मक अभ्यास

नेपालगन्ज, २६ मंसिर २०८१

Advertisement

नेपालगन्जमा संञ्चालन भैरहेको भर्मीकम्पोष्टमा आधारित प्राङ्गारिक तथा जैबिक मल उत्पादन प्राशिक्षक प्रशिक्षण तालिमका प्राशिक्षकहरुलाई फिल्डमा अनुगमन गराएर गड्यौला मल र झोल मल बनाउने प्रयोगात्मक अभ्यास गराइएको छ । ८ दिनसम्म चल्ने तालिमको तेस्रो दिन मंगलबार नेपालगन्ज १ मा रहेको गड्यौला मल उत्पादन उद्योगमा फिल्ड अनुगमन गराई गड्यौला मल र झोल मल बाउने तारिकाको अभ्यास गराइएको समाजिक बिकास शाखा प्रमुख कृष्ण जोशीले बताए । तालिममा सहभागी प्रशिक्षकहरुलाई उद्योगका संञ्चालक बिर बहादुर हमालले गड्यौला मल बनाउने तारिकाको अभ्यास गराएका थिए । साथै मल बनाउदा आवश्यक बस्तु तथा अपनाउनु पर्ने तरिकाबारे उनले जनाकारी गराएका थिए । पछिल्लो समय बढ्दो गड्यौला मलको माग तथा बजारीकरणको अवस्थाबारे समेत संञ्चालक हमालले जानकारी गराएका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा भैरहेको तालिमका प्रशिक्षण बरिष्ठ कृषि प्रशिक्षक केशवराज काप्mलेले सहभागी प्रशिक्षकहरुलाई झोल मल बनाउने तरिकाको अभ्यास गराएका थिए । साथै अन्नबाली उत्पादनमा झोल मलको प्रभावकारीता बारे समेत उनले जानकारी दिएका थिए । पछिल्लो समय किसानले खेतबारीमा अत्याधिकमात्रमा रसायनिक बिषादी र मल प्रयोग गरी उत्पादन भएको अन्नबाट मानव स्वास्थ्यमा नकारात्मक असार परिरहेको छ । अहिले अर्गनिक उत्पादन गर्नु पर्ने माग समेत बढेको छ । उक्त कुरालाई दृष्टिगत गरी अर्गनिक उत्पादनमा कम्पोष्ट मलको उत्पादन तथा प्रयोगबाट टेवा पु¥र्याउने उद्देश्यले तालिमको आयोजना गरिको उपमहानगरपालिकाले जनाएको छ ।

तालिममा नेपालगन्ज उपहानगरपालिकाका प्रत्येक वडाबाट एक एक जना दक्ष कृषि प्रबिधिक प्रशिक्षक तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको समाजिक बिकास शाखा प्रमुख जोशीले बताए । उनले भने, “अहिले तरकारी तथा अन्नबालीमा अत्याधिक मात्रमा रसायनिक बिषादी तथा मल प्रयोग भैरहेको छ । जसको प्रभाव मानव स्वास्थ्यमा एकदमै नकारात्मक छ । यो तालिमले केही हदसम्म रसायनिक बिषादीको प्रयोगलाई न्युनिकरण गरी घर घरबाट निस्कनले सड्नेगल्ने फोहर तथा गाईबस्तुको गोबर, मुत्रबाट प्राङ्गारिक तथा जैबिक मल उत्पादन गरी अर्गनिक तरकारी तथा अन्न उत्पादनमा टेवा पु¥याउने छ ।” तालिममा सहभागीलाई प्राङ्गारिक तथा जैबिक मल तथा बिषादी बनाउनका लागि फिल्ड भिजित गराई प्रयोगात्मक अभ्यासबाट सिकेका ज्ञान प्राबिधिकहरु आ आप्mनो वडाका स्थानीयलाई पनि सिकाउने बताइएको छ । जसबाट कौसी, गमला र पुष्पा खेतीलाई समेत टेवा पु¥याउने शाखा प्रमुख जोशीले बताए । उपमहानगरपालिकाबाट कृषि सम्बन्धि कुनै कार्यक्रम संञ्चालन गर्दा पनि ती प्रबिधिक प्रशिक्षकहरुलाई प्रयोग गर्न सकिने उद्देश्य समेत राखिएको छ । समाजिक बिकास शाखाका अधिकृत शान्ती केसी, कृषि शाखाका कृषि प्रबिधिक लगायत्को सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु