नेपालगन्ज, १७ चैत, २०८१
नेपालगन्जमा आगामी आर्थिक बर्ष २०८१/८२ का लागि स्थानीय बिपद् पुर्वातयारी तथा प्रतिकार्य योजना अर्न्तगत शिक्षा क्षेत्रको बैठक सम्पन्न गरेको छ । नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्खा बहादुर थापाको अध्यक्षतामा बंठक सम्पन्न भएको छ । बैठकमा सरोकारवालाहरु बिपद्का बेलामा पनि शिक्षालाई कसरी निरन्तरता दिन सकिन्छ, भन्ने बिषयमा जोड दिएका थिए । बिपद् पुर्वा तयारी तथा प्रतिकार्य योजना परिमार्जन गर्दा बिद्यालय भवन अचार संहिता, बिद्यालय आवतजावत गर्दा ट्रफिक व्यवस्थापन, खेल मैदान, बालबालिका अपहरण जस्ता बिपद् तथा घट्नलाई व्यवस्थापन हुने गरी निर्माण गर्न सरोकारवालाहरुले सुझाव दिएका थिए । बैठकमा नेपालगन्ज उपहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खा बहादुर थापााले बिद्यालय जाने बालबालिकाहरु गार्मी, जाडो र बर्षातको समयमा असहज भैरहेको बताए । उनले भने, एक शैक्षिक सत्रमा एक सय ९२ दिन बिद्यालय संचालन हुन पर्ने हो तर बिभिन्न बिपद्का कारण एक सय ६० देखि एक सय ७५ दिन मात्रै संञ्चालन हुने गरेका छ । यी कुरालाई न्युनिकरण हुने गरी प्रतिकार्य योजनामा सम्बोधन गर्नु पर्नेमा उनले जोड दिएका थिए । उपमहागरपालिकाका शिक्षा अधिकृत लोक बहादुर शाहीले कुनै पनि बेला बिपद आउन सक्ने भएकाले सचेतनाका लागि रेडियो पत्रपत्रिकाका संग संमन्वय गर्नु पर्ने योजनामा उल्लेख गर्न सुझाव दिएका थिए । नगरभित्रको कतिपय बिद्यालयका भवन बिना पिलरको निर्माण भएकाले, उक्त कुरालाई पनि सम्बोधन गर्नु पर्नेमा उनको जोड थियो । महिला बालबालिका तथा जेष्ठनागरिक शाखाका महिला बिकास अधिकृत पबित्र पुरीले जहाँ जोखिम हुन्छ, त्यो नै बिपद भएको बताइन् । बिद्यालय बस संञ्चालन गर्दा निर्देशिका अनुसार संञ्चालन गर्र्नु पर्ने कुरा प्रतिकार्य योजनामा समेत्नु पर्ने उनले सुझाएकी थिइन् । बैठकमा बिपद् व्यवस्थापन समितिका संयोजक समिर प्रताप सिंह, नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक डोलख डाँगी, स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, उपमहानगरपालिकाका बिपद फोकल पर्सन दिपेन्द्र श्रेष्ठलगायत् सरोकारवालाले सुझाव दिएका थिए । नेपालगन्ज उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, आपत्कालिन आवास तथा संरक्षणका बिषयगत क्षेत्रसंग बैठक बसी सुझाव संकलन गरिसकेको छ । सबै सुझव संकलन गरी बिपद् पुर्वातयारी तथा प्रतिकार्य योजनालाई परिमार्जन गरी लागु गरिने सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) कार्यक्रमका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञावनलीले बताए । बैठकमा उपहानगरपालिकाका बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, समुदायिक बिद्यालयका शिक्षक, बिभिन्न मदरसाका संञ्चालक तथा निजि तथा संस्थागत बिद्यालयका शिक्षा क्षेत्रका बिभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । युरोपियन युनियनको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) सञ्चालनमा रहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।
नेपालगन्जमा बिपद् पुर्वातयारी तथा प्रतिकार्य योजनाका लागि शिक्षा क्षेत्रगत बैठक सम्पन्न
