लुम्बिनी कपको उद्घाटन खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्नुहुने

सुनिल रेग्मी / लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्नुहुने भएको छ।

भोलिदेखि नेपालगञ्जमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री चौधरीले गर्नु हुने आयोजकका गोविन्द पौडेलले जानकारी दिनुभयो ।

Advertisement

२ बजे पछि हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम एफसीले प्रतिस्पर्धा गर्ने भएको छ।
नेपालगञ्ज रंगशालामा बैशाख ५ गतेबाट सुरु हुने खेलमा ६ गते पुलिस र भारतको सिलगुडी क्लब बीच खेल हुनेछ भने ७ गते तेस्रो खेलमा घरेलु टिम बाँकी ११ र रौतहट जिल्ला फुटबल संघको टिमले खेल्नेछ भने प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको बिजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेता टिमले २ लाख ५० हजार प्राप्त छ्न ।
प्रतियोगिता हेर्नका लागि सिजनलको फुल प्याकेज १५००को टिकटको व्यवस्था गरिएको छ। साथै विद्यार्थीहरूको लागि सहुलियत दरमा टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ। खेल हेर्नका लागि भिआइपी प्याराफाइट र नर्मल प्याराफिट अनुसारको टिकटको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको ९ गतेबाट सेमीफाइनलका खेलहरु सुरु हुनेछ भने १२ गते फाइनल खेल हुनेछ

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु