बर्दिया, वैशाख १२ —
बर्दियामा थारु समुदायको पौराणिक लोक कला संस्कृति संरक्षण तथा युवा पुष्टामा सचेतना जगाउने उद्देश्यले दुई दिने थारु संस्कृति संरक्षण सम्बन्धि नाटक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
बर्दियाली थारु कलाकार मंचको आयोजना तथा पर्यटक डिभिजन कार्यालय कोहलपुर बाँकेको समन्वयमा वैशाख १४ गते बारबर्दिया नगरपालिका–४, घोरपिट्टामा र वैशाख १५ गते गुलरिया नगरपालिका–५, सुहेल्वा गाउँमा आयोजना हुने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
Advertisement
पछिल्लो समय थारु समुदायको पौराणिक संस्कृति लोप हुदै गएको छ । समाजिक संञ्जाल, टिकटकमा भाईरल हुनका लागि आप्mनो संस्कृतिमाथि नै नकारात्मक असर पर्ने खालको गतिबिधि प्रस्तुत गर्ने क्रम बढेको छ ।
साथै डिजे बजाउदां पनि दुरुपयोग गर्ने क्रम बढेकाले, उक्त गतिबिधि बिरुद्ध सचेतना पैmलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बर्दियाली थारु कलाकार मंचका अध्यक्ष महेश राम थारुले बताए । उनले भने, थारु युवाहरु आप्mनो संस्कार र संस्कृति बिर्सिदै गएकाछन् । पुर्खोदेखि पुजिदै आएको गाउँसमाजका कुल देउता, थनुवा मरुवाको महत्वबारे समेत युवाहरुलाई सचेतना पैmलाउने बताए ।
कार्यक्रमलाई सफल बनाउनका लागि स्थानीय जनप्रतिनिधि, बरघर, कलाकार तथा स्थानीय नागरिहरुसंग छलफल तथा समन्वय गरिएको छ ।
कार्यक्रममा पौराणिक लोक कला संस्कृति झल्किने, हुरर्दुङ्गवा, सखिया, दफ लगायत्का नाचहरु प्रस्तुतिका लागि तयारी गरिएको बर्दियाली थारु कलाकार संचका सल्लाहकार मस्तराम थारु (मस्ते बर्दियाली)ले बताए ।
कार्यक्रममा प्रस्तुत गरिने संस्कृति नामक नाटकको लेखक समेत रहेका सल्लाहकार थारुले नाटकमा ६ जना कलाकार तथा सहकायक कलाकारहरुको प्रस्तुति रहने उनले बताए । साथै सांस्कृतिक कार्यक्रममा ९ वटा टिमको पौराणिक नाचको प्रस्तुति रहने छ । साथै बर्दियाका थारु कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रमबाट थारु लोककला संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न मद्दत पुग्ने, कलाकारहरूको मनोबल बढाउन हौसला बढ्ने, नाटक मार्पmत सचेतना पैmलाउने, रैथाने खानपानको व्यवसायिकरणमा पनि टेवा पुग्ने विश्वास गरिएको छ ।
साथै बर्दिया जिल्लामा रहेका धार्मिक, संस्कृतिक पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा समेत सहयोग पुग्नेछ । बर्दियाली थारु कलाकार मञ्चले यस कार्यक्रमलाई थारु समुदायको सांस्कृतिक जागरणको एउटा महत्वपूर्ण प्रयासका रूपमा समेत लिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश संसद मनानिय राज कुमार चौधरीको प्रमुख अतिथ्यत तथा स्थानीय जनप्रतिनिधिहरुको सहभागितामा कार्यक्रम सम्पन्न हुने मंचका अध्यक्ष महेशराम थारुले बताए ।
कार्यक्रम सम्पन्न गर्नका लागि स्थानीय जनप्रतिनिधि, बरघरहरुसंग समन्वय गरिएको आयोजकले जनाएको छ ।