डा. अनिल पोख्रेल
बरिष्ठ वैज्ञानिक तथा संयोजक, नार्क, कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँके
Advertisement
नेपालमा खेसरीलाई ठाउँ वा समुदाय विशेषको आधारमा मटरा वा लतरी पनि भन्ने गरिन्छ । यसको अंग्रेजी नाम Grasspea र वैज्ञानिक नाम Lathyrus sativus L. हो । यो बाली समुहमा कोसेबाली वा दलहनबाली अन्तर्गत पर्दछ । जात विशेषको आधारमा अन्य कोसेबालीहरु जस्तैः चना ९१९ प्रतिशत०, मसुरो ९३३ प्रतिशत०, केराउ ९२० प्रतिशत०, राजमा ९२१ प्रतिशत०, भटमास ९३७ प्रतिशत० भन्दा खेसरीमा प्रोटिनको मात्रा बढी वा करिब ३९ प्रतिशत सम्म पाइन्छ । खेसरीमा हामीलाई अत्यावश्यक पर्ने २१ वटा अमाइनोएसिड मध्य १७ वटा र विशेषगरी लाइसिन अन्य कोसेबालीहरुमा भन्दा बढी पाइने भएकोले यसलाई मानव पोषणयुक्त बाली पनि भन्न सकिन्छ । गरिब, निमुखा वा सिमान्तकृत कृषकहरुले मनाउने विभिन्न रितिरिवाज तथा चाडपर्वहरुमा यसबाट बनाइएका विभिन्न परिकारहरुको आफ्नो छुट्टै महत्व छ । यसको हरियोमुनाबाट साग, दाना÷गेडाबाट दाल, तरकारी र अचार तथा पिठोबाट अन्य विविध परिकारहरु बनाउन सकिन्छ । साथै यसलाई पौष्टिक पशु आहारको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
कम लगानीमा बिना मलजल रुखो जमिनमा पनि लगाउन सकिने र रोगकीरा कम लाग्ने हुँदा खेसरीलाई बदलिदो मौसम वा वातावरणीय अनुकुलन बालीको रुपमा पनि लिने गरिन्छ । खेसरीको मुख्य गुण भनेकै अन्य कोसेबालीहरुको सफल उत्पादन लिन नसकिने जग्गा वा अवस्थामा पनि यसको राम्रो उत्पादन लिन सकिन्छ । उत्पादनको हिसाबले अन्य कोसेबालीहरुको भन्दा बढी हुनाले खेसरीलाई बदलिदो वातावरणीय अनुकुलन तथा पोषणयुक्त बालीको रुपमा खाध्य शुरक्षाको दृष्टिले महत्वपूर्ण मानिन्छ । वातावारण अनुकुलन बालीहरु मध्ये खेसरी २९ औं महत्वपूर्ण बालीको रुपमा लिइएको भएतापनि यो बालीलाई अपहेलित एवं सिमान्त बालीको रूपमा लिने गरिएको छ ।
नेपालमा सरकारले खाध्य नियमावली, २०२७ को आधारमा खेसरी, खेसरीको दाल, खेसरीको पीठो तथा खेसरीयुक्त खाध्य पदार्थहरुलाई दुषित, न्युनस्तर वा हानिकारक खाध्य पदार्थ भनि बिक्री गर्न रोक लगाएको पाँच दशक भन्दा बढी भइसकेको छ तर अझै यसको उत्पादन तथा उपभोग भने रोकिएको छैन । छिमेकी देश भारतमा भने करिव छ दशक पहिले सन् १९६१ मा यसको बजारीकरणमा प्रतिवन्ध लगाएको देखिन्छ । पछिल््लो नेपालको कृषि तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा यसको खेती करिव ५,६४३ हेक्टरमा भएको देखिन्छ भने बाँके, बर्दिया, कैलाली, रुपन्देही, कपिलवस्तु, सर्लाही, पर्सा, रौतहट, मोरङ, झापा, आदि जिल्लाहरु खेसरी उत्पादन हुने प्रमुख जिल्लाहरु हुन् ।
खेसरीको बजारीकरण वा बिक्रि वितरणमा प्रतिबन्ध लगाएको तर खेती गर्नलाई भने रोकिएको देखिदैन । खेसरीको बजारीकरणमा रोक लगाइनुको मुख्य कारण भनेको यसमा पाइने न्युरोटक्सिन रसायनिक तत्व β-ODAP को मात्रा बढी हुनु हो । यसलाई लगातर खानाले घुडा भन्दा तल्लो भाग दुख्ने भन्ने रहेको छ तर त्यसको वास्तविकता भने पाइदैन । तरपनि भोकमरीको अवस्थामा खेसरी वा खेसरीबाट बनेका परिकारहरु मात्र धेरै दिन सम्म खानाले यस्तो समस्या देखिएको केहि रिपोर्टहरुमा देखिन्छ । खेती गरिने स्थानीय जातहरूमा यो रसायनिक तत्वको मात्रा बढी ०।५ देखि २।५५ प्रतिशत सम्म देखिएको छ । यी जातहरु खानको लागि अशुरक्षित हुने हुँदा खाध्य सुरक्षामा काम गर्ने वैज्ञानिकहरुले उक्त रसायनको मात्रा घटाउने खोज गर्न थाले र जसअनुसार खेती गर्दा माटोमा खाध्य तत्व जिंकको प्रयोग गर्ने, दाना वा दाललाई भिजाएर पानी हटाएर पकाउने र अरु खाध्यवस्तुहरु संग मिसाएर खाने गर्नाले यसमा भएको हानिकारक तत्वमा कमी वा असर कम हुने वैज्ञानिकहरुको निष्कर्ष छ । तर यसको दिगो समाधानको उपाए भनेको हानिकारक स्तर भन्दा कम उक्त रसायनको मात्रा भएका उन्नत खेसरीका जातहरुको विकास तथा तिनीहरुको प्रसार गर्ने नै हो ।
अन्तर्राष्ट्रिय अनुसन्धान संस्था इकार्डा (ICARDA) र विभिन्न राष्ट्रियस्तरका अनुसन्धान गर्ने निकायहरुको संयुक्त अनुसन्धाबाट स्वास्थ्य लाई असर गर्ने तत्व β९इम्ब्ए को मात्रा अत्यन्त न्यून ०।१ प्रतिशत भन्दा कम वा खानको लागि शुरक्षित भएका खेसरीका जातहरुको विकास भएका छन् । अन्ततः स्वास्थ्यको दृष्टिकोणबाट उपयुक्त जातहरु विकास पश्च्यात भारत तथा अन्य विभिन्न देशहरुले यसको खेती तथा बजारीकरण पुनःसुचारु गरिसकेका छन् । भारतमा स्वस्थ्य विज्ञान परिषद्, कृषि अनुसन्धान परिषद् तथा खाध्य तथा पोषण शुरक्षा नियोगहरुले पनि खेसरीका उन्नत जातको विकास तथा तिनको खेती प्रविधिमा जोड दिदै यसको प्रचारप्रसारमा जोड दिएका छन् ।
नेपालमा खेसरीका स्थानीय तथा उन्नत जातहरुको अनुसन्धान कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँकेले थालनी गर्न लागेको छ भने भारतले हालसम्म खानको लागि शुरक्षित अथवा β-ODAP को मात्रा न्यून भएका जातहरु जस्तैः एलपी १४, रतन, प्रतिक, निर्मल, महातेवरा, आदि र बंगलादेशले पनि बारी खेसरी १, बारी खेसरी २, बारी खेसरी ३, बारी खेसरी ४, आदि उन्नत जातहरुलाई खेतीको लागि सिफारिस तथा तिनीहरुको विस्तारमा जोड दिदै आइरहेका छन् ।
नेपालमा पनि सुरक्षित वा β-ODAP को मात्रा कम भएका खेसरीका जातहरुको विकास तथा प्रवर्धनमा ध्यान पुर्याउन सकेमा तराईका साना तथा निम्नवर्र्गीय किसानहरुले खेती गर्दै आइरहेका खानमा असुरक्षित स्थानीय जातहरुलाई विस्थापित गरि समग्र नेपालको खाध्य तथा पोषण सुरक्षाको साथसाथै दालमा आत्मनिर्भर र बदलिदो वातावरण अनुकुलन कृषि प्रणाली विकासमा मद्दत पुग्ने देखिन्छ ।
खेसरी बाली
अन्तर्राष्ट्रिय संस्था इकार्डा र कोसेबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिकहरु बाँके र कपिलवस्तु जिल्लामा खेसरी लगाउने किसानहरु संग अन्तरक्रिया गर्दै
खेसरीबाट कृषकहरुले तयार पारेका स्थानीय केहि परिकारहरु