
बर्दिया, १४ असार २०८२
बर्दियाको बढैयाताल ६ मैनापोखरमा रहेको कृष्णसार बिद्या निकेतनले २०८१ सालको एस. ई. ई. परिक्षामा जिल्ला मै उत्कृष्ट नतिजा सहित सत् प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल भएको छ । एस.ई. ई. परीक्षामा सम्मेलित ३५ जना बिद्यार्थीहरु मध्ये सत् प्रतिशत बिद्यार्थी उतिर्ण भएको बिद्यालयका प्रधानध्यापक नगेन्द्र भण्डारीले बताए । उतिर्ण बिद्यार्थी मध्ये सुजन धामी ३.९१ जिपिए ल्याएर जिल्लामै उत्कृष्ट भएको उनले बताए । उतिर्ण हुने बिद्यार्थी मध्ये १६ जना बिद्यार्थी ए प्लास (३.६–४) ग्रेड, १६ जना बिद्यार्थी ए (३.२–३.६) ग्रेड र ३ जना बिद्यार्थी बी प्लस (२.८–३.२) ग्रेड ल्याएर उतिर्ण भएको बिद्यालयले जानाएको छ । बिद्यालयले एक दशकदेखि एस. ई. ई. मा उत्कृष्ट नतिजा सहित सत् प्रतिशत बिद्यार्थी उतिर्ण गराउँदै आएको छ । २०७१ साल देखि नै सत् प्रतिशत बिद्यार्थी उतिर्ण गराउदै आएको बिद्यालयका प्रधानध्यापक भण्डारीले बताए । बिद्यालयमा अध्ययनरत् छात्र अबसर केसीले गत बर्षको एस. ई.ई.मा उत्कृष्ट नतिजा सहित जिल्ला प्रथम समेत भैसकेकाछन् । बिद्यालयको व्यवस्थापन, अनुभवि तथा दक्ष शिक्षक, बिद्यार्थीलाई निरन्तर अभ्यास तथा निगरानी , बिद्यालयको शिक्षामैत्री बाताबरण दिएकाले निरन्तर एस. ई. ई. मा सत् प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल हुदैं आएको बिद्यालयका कार्यकारी प्रमुख ईश्वरी रिजालले बताए । बिद्यालयले उतिर्ण हुने सम्पुर्ण विद्यार्थीलाई बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुका, साथै यस अवस्थासम्म पु¥याउन योगदान दिने सम्पूर्ण शिक्षक, कर्मचारी तथा अभिभावकलाई धन्यवाद समेत दिएको छ ।










