एनएक्स एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा कलाकार गिरी नियुक्त


नेपालगन्ज, मंगलबार २० साउन, २०८२
एनएक्स एजुकेशन कन्सल्टेन्सी नेपालगन्जले ब्राण्ड एम्बेसडरमा नेपालगन्जकी प्रेरणा गिरीलाई नियुक्त गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर उनलाई कन्सल्टेन्सीका सीईओ नवराज केसीले नियुक्त गरेका छन् । ब्राण्ड एम्बेसडरमा नियुक्त भएका गिरीले संस्थाको हितका लागि आफु प्रतिबद्ध भएर काम गर्ने बताईन् । साथै सबैलाई सहयोग गर्न पनि उनले आग्रह गरिन् । गिरी नेपाली सिनेमाकी उदयमान कलाकार, कार्यक्रम उद्घोषकका रुपमा यस क्षेत्रमा परिचित छिन्।
नेपालगन्जमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले बिगत ६ बर्ष देखि जापान पढ्न जाने विद्यार्थीहरुलाई मार्गनिर्देशन गर्दै आएको सिइयो नवराज केसीले बताए । उच्च शिक्षाका लागि सयौं बिद्यार्थीलाई जापानका प्रतिष्ठित बिद्यालयहरुमा भर्न गराउन सफल रहदै आएको उनले बताए । कन्सल्टेन्सीले जापानको टोकियो, ओसाका, हिरोसिमा, फुकुओका लगायत्का प्रमुख शहरहरुमा आवस्थित ए, ग्रेडका बिद्यालयहरुसंग प्रतक्ष्य सहकार्य गर्दै आएको जनाएको छ ।
कन्सल्टेन्सीले अब उच्च शिक्षाका लागि नेपालगन्जबाट आवेदन दिन सकिने भएकाले काठमण्डौ जाने समस्या हटेको सीईओ केसीले बताए । जापान जाने बिद्यार्थीलाई सही मार्गदर्शन गरेकाले बिद्यार्थीहरु पढ्न जाँदा समास्यामा नपरेको उनले दाबी गरे । अहिले बजारमा उच्च शिक्षाका लागि बिदेश पठाउने धेरै कन्सल्टेन्सीका कारण अस्वास्थ्य प्रतिस्पर्धाका कारण बिद्यार्थीहरु समास्यामा पर्ने भएकाले सही कन्सल्टेन्सीको छनोट गरेर जान समेत उनको आग्रह छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु