मलखादको व्यवस्थापन गर्न माग गर्दै नेपालगन्जमा जसपा नेपालको बिरोध प्रदर्शन

नेपालगन्ज, साउन २८ बुधबार २०८२
नेपालगन्जमा बुधबार किसानको लागि मलको समास्या समाधन गर्न बिरोध तथा धर्ना कार्यक्रम गरेको छ । समाजबादी किसान महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बिपी चोकबाट बिरोध ¥याली निकालेर त्रिभुवन चोक हुदै जिल्ला प्रशासन अगाडी कोण सभामा परिणत भएको थियो । कोणसभा पश्चात एक घण्टा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसी प्रमुख जिल्ला अधिकारी मार्पmत सरकारलाई ज्ञापनपत्र समेत बुझाइएको जसपाका नेता अजय बर्माले बताए । कोणसभालाई सम्बोधन गर्दै जसपा नेपालका नेता तथा लुम्बिनी प्रदेश संसद अम्बिाका काप्mलेले सरकारले रसायनिक मलको लागि कम बजेट छुट्याउदा अभाव हुने गरेको बताइन् । मलको अभावका कारण किसानहरु भारतबाट मल ल्याउदा नेपाल प्रहरीले पनि दुःख दिने गरेको छ । उहाँले खबरदारी गर्दै भनिन्, आजको मितिदेखि सिमामा प्रहरीले किसानलाई दुःख दियो भने, आफु किसानका लागि सहिद हुन तयार रहेको छु । यदी मलखाद छैन भने सरकारले भारत सरकारसंग समन्वय गरेर तत्काल मलको समस्या समाधान गर्नुपर्छ । त्यसको लागि बोडर खुल्ला गर्नुपर्ने उनले बताइन् ।

Advertisement

 

अहिले बाँकेमा युरिया मलको चरम अभाव छ । सरकारको लचारीपनाका कारण मलको समस्या समाधान नभएको जनता समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य राम कुमार यादवले बताए । उहाँले मलखादको लागि सरकार असफल भएको भन्दै बेलैमा सचेत हुन आग्रह समेत गरे । किसानहरु रसायनिक मलका लागि बिहानै देखि सहकारीको गेटमा दिनभरी बस्दा पनि मल पाउन सकेकाछैनन् । कोणसभामा बोल्दै जसपा नेपालका लुम्बिनी प्रदेश सदस्य ईर्साद अलि मुकेरीले सरकारले मलखादको समास्या तत्काल समाधान नगरे कडाभन्दा कडा अन्दोलन गर्ने चेतवनी समेत दिए । बिरोध तथा धर्ना कार्यक्रमलाई जसपा नेपालका लुम्बिनी प्रदेश महासचिव राजन रानामगर, राज कुमार बर्मा, किसन बराई, खुश्बु श्रीवास्तव लगायत्का नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु