
बर्दिया, ३० साउन शुक्रबार २०८२
आशा लघुबित्त बित्तिय संस्था गुलारिया बर्दियाले संस्थाका सदस्यको मृत्यु भएपछि पीडित परिवारलाई क्षतिपुर्ति रकम हस्तान्तरण गरेको छ । संस्थाका सदस्य रहेका बारबर्दिया नगरपालिका वडा नं. ५का बिष्णुमाया बराल काप्mलेको मृत्यु भैसकेपछि, उहाँले लिएको ऋण मिनाहा गरी बिमा सुबिधा बापत्को ८लाख ३५ हजार रकम मृतकका श्रीमान् प्रेम प्रसाद काफ्लेलाई हस्तान्तरण गरिको संस्थाका गुलारिया शाखाका शाखा प्रबन्धक तेज राज न्यौपाने बताए । गत साउन ३० गते शुक्रबार एक कार्यक्रमका बिच आशा लघुबित्त बित्तिय संस्था गुलारिया शाखाका शाखा प्रबन्धक तेज राज न्यौपाने, कर्मचारीहरु नबिना गुरुङ बिसि, अमृता राना, निर्मला कुमारी बुढा लागयत्का कर्मचारीले बारबर्र्दिया नगरपालिका ५ का वडा सदस्य बिसराम थारुको रोहबारमा उक्त बिमा सुबिधा बापत्को रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।










