
नेपालगन्ज, ४ माघ २०८२
नेपालगन्ज साईक्लिङ्ग क्लबको आयोजनामा प्रत्येक बर्ष हुने टुर दी ठाकुरद्धरा ८ औं संस्करणको आईतबार नेपालगन्जमा कार्यालयको सचिवालय उद्घाटन गरिएको छ । नेपालगन्जका मेयर प्रशान्त बिष्टले रिवन काटेर कार्यालयको उद्घटन गरेकाछन् । उद्घाटन कार्यक्रममा बोल्दै मेयर बिष्टले टुर दी ठाकुरद्धरा अभियानले नेपालगन्जलाई चिनाउने काम गरेको बताए । यो अभियानले साईक्लिङ्गको माध्यमबाट स्वास्थ्यमा पनि टेवा पु¥याउदै आएकोछ । यसलाई सफल बनाउनका लागि नेपालगन्ज उपमहानगरपालिकाले सहयोग गर्दै आएको र भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाए । अगामी फागुन ७ गतेदेखि ९ गतेसम्म टुर दी ठाकुरद्धरा अभियान आयोजना हुन गैरहेको छ । अभियानका संयोजक प्रदिप सापकोटाले अहिलेसम्म टुर दी ठाकुरद्धरा अभियानलाई सबैले सहयोग गर्दै आएको बताए । यो ८ औं संस्करणालाई पनि सफलतापुर्वक सफल बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने अपिलसमेत उनले गरे । टुर दी ठाकुरद्धरा अभियान २०७५ सालबाट नेपालगन्जलाई साईक्लिङ्गको माध्यमबाट चिनाउने र पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले संञ्चालन गरिएको थियो । कार्यक्रमका अध्यक्षता गरेका, नेपालगन्ज साईक्लिङ्ग क्लबका अध्यक्ष कविराम बुढाथोकीले, यो टुर दी ठाकुरद्धरा अभियान, सबैको कार्यक्रम भएको बताए । यो अभियानले नेपालगन्जलाई पहिचान दिलाउने काम गरेको हुनले सफल बनाउनका लागि सबैले सहयोग गर्नु पर्ने उनको भनाई थियो ।सचिवालय स्थापना पश्चात अब स्वादेश तथा बिदेशबाट साईक्लिङ्ग गर्नेहरुलाई सहभागी गराउनका लागि काम अगाडी बढेको छ । अभियानमा करिब ३ सय जना साईक्लिष्टहरु सहभागी हुने आयोजकले जनाएको छ । कार्यक्रमलाई भव्य रुपमा सफल बनाउनका लागि धेरै भन्दा धेरै साईक्लिष्टहरुलाई सहभागी गराइने क्लबका सचिव भिजेन्द्र जिसीले जनाए ।
टुर दी ठाकुरद्धरा साईक्लिङ्ग अभियानको सचिवालय उद्घाटन









