रानीतलाउ तरकारी मण्डीको सातौ साधरणसभा सम्पन्न


नेपालगन्ज, १० माघ २०८२
नेपालगन्जको रानीतलाउ तरकारी थोक तथा खुद्रा बजार संचालक समितिको बिहिबार सातौ साधरण सभा सम्पन्न भएको छ । रानीतलाउ तरकारी थोक तथा खुद्रा बजार संचालक समितिका अध्यक्ष मोतीसरा थापाको अध्यक्षता र लुम्बिनी प्रदेश कृषक महासंघका अध्यक्ष सर्वजित बिष्टको प्रमुख अतिथ्यतामा साधरण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै लुम्बिनी प्रदेश कृषक महासंघका अध्यक्ष बिष्टले नेपालगन्जमा अभैm सुबिधा सम्पन्न तरकारी मण्डी बनाउनु पर्ने आवश्यकता रहेको बताए । तरकारी मण्डीलाई व्यवस्थित गरी मण्डी आसपासका सडकमा बेच्ने तरकारीलाई व्यवस्थापन गर्नु पर्ने उनले बताए ।

 

Advertisement

 

अहिले रानीतलाउ तरकारी मण्डीको आसपास सडक पेटीमा अव्यवस्थित रुपमा व्यपारीहरु तरकारी बिक्रि गर्ने गर्दछन् । जसका कारण मण्डीका व्यपारीहरु मार्कामा परेको व्यपारीहरुको गुनासो छ । रानीतलाउ तरकारी थोक तथा खुद्रा बजारका व्यपारीहरु उपभोक्तलाई ठुलो सहयोग पु¥याउदै आएको अधिबक्त बिजय गुप्ताले बताए । उनले भने, व्यपारीले व्यापार मात्रै गर्ने होइन कि सेवाको भावले पनि सोच्नु पर्छ । स्वाच्छा र अर्गनिक तरकारी उपलब्ध गराउनु पर्छ ।

 

 

रानीतलाउ तरकारी थोक तथा खुद्रा बजारले आर्थिक बर्ष २०८१÷८२ मा ३० लाख एक हजार दुई सय ५९ रुपैयाँको आम्दानी र सोही बजार खर्च भएको आयव्याय बिवरण पेश गरिएको थियो । उक्त आयव्याय बिवरण साधरण सभामा उपस्थित व्यपारी सदस्यहरुले ताली बजाएर पास गरेका थिए । साधरण सभामा अध्यक्षता गरेका रानीतलाउ तरकारी थोक तथा खुद्रा बजार संचालक समितिका अध्यक्ष मोतीसरा थापाले तरकारी मण्डी आसपास सडकको पेटीमा बिक्रि गर्ने तरकारी हटाई मण्डीका व्यपारीलाई सहजरुपमा बिक्रि गर्ने व्यवस्था मिलाउनु पर्नेमा जोड दिएका थिए । रानीतलाउ तरकारी थोक तथा खुद्रा बजारबाट दैनिक सायौ क्विन्टल तरकारी, जिल्ला भित्र र बाहिर बर्दिया, सुर्खेत, दाङ लागायत्का ठाउँमा थोक तथा खुद्रा बिक्रि बितरण भएर जाने गर्दछ । साधरणसभामा रानीतलाउ तरकारी थोक तथा खुद्रा बजारलाई सहयोग पु¥याएका १२ जना व्यपारी तथा किसानलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु