बर्दियामा बारुहा भुरकुलवा विबाद समाधानका लागि माकुरा समुहलाई तालिम

बर्दिया बढैयाताल, शुक्रबार १ फागुन २०८२
बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. २ मा पर्ने बारुहा र भुरकुलवा बिवाद समाधानका लागि माकुरा समुह गठन गरी बिवाद समाधानमा सहजिकरण गर्नका लागि तालिम दिइएको छ । प्राकृृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजना तथा बढैयाताल गाउँपालिका वडा नं. २ को समन्वयमा भएको उक्त, ३ दिने तालिम बिहिबार सम्पन्न भएको छ । तालिममा माकुरा समुहका ९ जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिमको समापान कार्यक्रममा बोल्दै बढैयाताल गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष डिला देव गिरीले तालिममा सिकेका कुरा व्यवहारमा लागु गुर्न पर्ने बताए । माकुरा समुहका सदस्यहरुले गाउँ समाजमा पनि व्यवहार परिवर्तनका लागि भुमिका निर्वाह गर्नु पर्नुपर्छ । बाटोको बिवादलाई समाधान गर्नका लागि पनि माकुरा समुहले सहजिकरण गर्नु पर्ने उहाँको भनाई थियो ।

Advertisement

 

 

३ दिने तालिममा द्धन्द्धको प्रकृति, द्धन्द्ध समाधानका लागि विबादित पक्षसंग संवाद र सहजिकरण कसरी गर्ने, प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्रको प्रक्रिया लगायत्का बिषयमा जानकारी दिइएको प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र बर्दिया जिल्ला संयोजक मजिउल्ला खाँले बताए । वडा नं. २ को जामुनी गाउँको नहरदेखि भारतको सिमानासम्म पर्ने बारुहा र भुरकुलवा बिवाद बर्षोदेखि रहदै आएको छ । स्थानीयलाई खेती किसानी गर्न र खेतमा पानी लगाउनका लागि निकै समास्या हुने गरेको माकुरा समुहका अध्यक्ष सुर्यलाल कुमालले बताए । ती दुई कुलो भएको क्षेत्रमा बिचा बाटो र दुबै साईडमा पक्की कुलो निकाल्नु पर्ने स्थानीयहरुको माग रहेको छ । तालिमबाट माकुरा समुहका सदस्यहरुले समाजमा बसेर सिक्नु पर्ने र व्यवहारमा लागु गर्नु पर्ने धेरै कुरा सिकेको बताएकाछन् । तालिम समापन कार्यक्रमको संञ्चालन प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र बर्दियाका सहजकर्ता सबिना चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु