बढैयातालमा एक दिने बाली उपचार शिविर आयोजना हुदै


नेपालगन्ज, २५ चैत २०८२
बर्दियाको बढैयातालमा, एक दिने निःशुल्क बाली उपचार शिविर आयोजना हुने भएको छ । बढैयाताल गाउँपालिकाको आयोजना तथा बाली संरक्षण प्रयोगशाला खजुरा बाँकेको प्राबिधिक सहयोगमा हुन लागेको बाली उपचार शिविर चैत २६ गते बिहिबार वडा नं. ७ पचासामा रहेको कालिका मन्दिरको समुदायिक भवनमा बिहान १०ः३० बजेदेखि ३ः०० बजेसम्म आयोजना हुन लागेको गाउँपालिकाका कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवस्तवले बताए ।बाली उपचार शिविरमा किसानहरुलाई रोग लागेको मकै, तरकारी, फलफुल लगायत्का बिरुवाको नमुना लिएर आउनका लागि कृषि शाखाले आग्रह गरेको छ । उक्त रोगको उपचार र अपनाउनु पर्ने सावधानीका उपायबारे बाली संरक्षण प्रयोगशाला खजुरा बाँकेका प्रमुख बरिष्ठ बाली संरक्षण अधिकृत तथा प्लान्ट डा. शकिल अहमदले जानकारी दिने पालिकाले जनाएको छ ।
बाली उपचार शिविरबाट रोग किराको व्यवस्थापन, र पहिचान गर्ने उद्देश्यले बाली उपचार शिविर आयोजना गर्न लागिएको छ । गाउँघरमा आयोजना हुन लागेको बाली उपचार शिविरले रोगकिराबाट बाली जोगाउने र उत्पादन बढाउन मदत पुग्ने शाखा प्रमुख श्रीवास्तवले बताए ।
बाली उपचार शिविरमा आएका किसानलाई बिषादी बिज्ञको सुझाव अनुसार निशुल्क बिषादी समेत उपलब्ध गराईने कृषि शाखाले जनाएको छ ।

 

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु