
नेपालगन्ज, बुधबार ९ बैशाख २०८३
बर्दियाको बढैयाताल गाउँपालिका वडा नंं ४ पुष्पनगर नयाँ बस्तीका तुले चडाराको गोठ र भान्सामा आगालागी हुदां गोठमा बाँधिएको एउटा ठुलो भैसीको घट्न स्थाल मै मृत्यु भएको छ भने अर्को गर्भवती भैसी पुर्ण रुपमा जलेर गम्भिर घाइते भै नबाँच्ने आवस्थामा पुगेको छ ।

मंगलबार घरमा कोही नभएको बेलामा बेलुका करिब ३ बजे बिद्युतको तार सर्ट भएर आगालागी भएको पीडित चडाराले बताउनुभयो । बेलुका तातो हावा चलेको र बिद्युत आउनेजाने गर्दा बिद्युतको तार सर्ट भएर आगलागी भएको हुनसक्ने पीडित परिवारले अनुमान गरेकाछन् । आगालागीबाट करिब ६ लाख बराबरको क्षति भएको पीडित चडाराले बताउनुभयो । गोठ र भान्सामा आगलागी हुदां २ क्विन्टल गहुँ, ५० किलो लसुन, लगाउने कपडा, होण्डा पाईप, एक क्वाईल सानो पाइप, २ थान तेबल, चारा मेसिन, २ ट्रक्टर पराल, काठ, दाउरा र करिब ३० हजार बराबरको सिमेन्टको टायल जलेको छ ।
आगालागी हुदां पीडित चडारा काम गर्न सुर्खेत गएका थिए भने उहाँको श्रीमति घाँस काट्न खेतमा गएकी थिइन् । घरमा कोही पनि नभएकाले आगालागीबाट ठुलो क्षति भएको पीडित परिवारको भनाई छ । पीडित चडाराले भने मजदुरी मेहनत गरेर जेनतेन संकलन भएको पैसाले भैसी किनेको थिए । तर जलेर दुई भैसी नै नरहने भएपछि धेरै दुुःख लागेको उहाँले भन्नुभयो । सरकार तथा सहयोगी मनहरुबाट सहयोगको आपेक्षा समेत पीडित परिवारले गरेको छ ।
Advertisement











