
नेपालगन्ज, शनिबार २६ बैशाख २०८३
नेपालगन्जमा आम्दानी, खर्च र त्यसको व्यवस्थापनका सम्बन्धमा सहकारीका सदस्यहरुलाई तीन दिने वित्तीय साक्षरण अभिमूखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को आर्थिक सहयोग तथा उपहानगरपालिकाको सहकारी शाखाको समन्वयमा नेपालगन्ज न्यूरोड स्थित शारदा उपभोक्ता सहकारी संस्था लि.को आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । वित्तीय साक्षरता कार्यक्रममा बचतको महत्व र त्यसको प्रभावकारिताबारे सहभागीलाई जानकारी दिइएको शारदा उपभोक्ता सहकारी संस्थाका व्यवस्थापक रुपा पन्थीले बताइन् ।
बाँकेमा सुरक्षित आप्रबासन कार्यक्रम (सामी) जिल्लाको आठ वटै पालिकामा लागु गरिएको छ । सामी कार्यक्रमले बैदेशिक रोजगारीमा जाने व्यक्ति र उनका परिवारलाई सही सुचना र जानकारी दिदै आएको जिल्ला कार्यक्रम संयोजक कमल सिंह नेपालीले बताए । वैदेशिक रोजगारीमा गैसकेपछि, कुनै समस्यामा आईपरेमा सहजीकरण समेत गर्दै आएको उनले जानकारी दिए । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने व्यक्ति बाहेक पनि सहकारीका सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बचत तथा लागानीबारे जानकारी समेत दिदै आएको उनले बताए ।
Advertisement
सामी कार्यक्रमले ‘एक आर्थिक बर्षमा कम्तिमा ३ वटा सहकारीमा ९ वटा सेसन वित्तिय साक्षरता सम्बन्धी सञ्चालन गर्दै आएको छ । त्यस बाहेक माग भएमा पनि वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरिने सामीका कार्यक्रम संयोजक नेपालीले बताए । उनले भने ‘वित्तीय साक्षरता निकै आवश्यक छ, त्यसैले विद्यालयका विद्यार्थीलाई पनि त्यसखालको कार्यक्रम सञ्चालन गर्दैछौं ।’ पछिल्लो समय बित्तिय साक्षरताको महत्व सबैलाई आवश्यक रहेको छ ।
तालिममा २५ जना सदस्यलाई बित्तीय साक्षरता सम्बन्धि तालिम दिइएको छ । सहभागीहरुलाई आम्दानी, बचत, ऋण लगानी परिवारिक बजेट लगायत्का बारेमा जानकारी दिएको तालिमका प्रशिक्षक तथा बित्तीय साक्षरता परामर्शकर्ता खुम कुमारी डाँगीले बताइन् । आम्दानी र खर्चको अभिलेख धेरैले नराखेको उनले बताइन् । परिवारिक बजेटमा खर्च गर्दा सानो सानो कुराले पनि धेरै फरक पर्ने गर्दछ । तर त्यो कुराको जानकारी धेरैलाई नरहेको डाँगीले बताइन् ।
कार्यक्रममा सहभागी व्यवसायी भुपेन्द्र मरासिनीले व्यवसायबाट आएको आम्दानीबाट बचत गर्दै आएपनि वित्तीय साक्षरता कार्यक्रमबाट बचतको महत्वबारे बुझेको बताए । अब त्यसलाई पूर्ण रुपमा पलाना गर्ने उनले बताए । त्यस्तै, अर्का सहभागी नेपालगन्ज वडा नं. ४ बसपार्ककी दिपा थापाले वित्तीय साक्षरता कार्यक्रमबाट आम्दानी खर्चको व्यवस्थापन विधि, फजुल खर्च नियन्त्रण, बचतको महत्व लगायतका वित्तीय सम्बन्धि महत्वपूर्ण कुराहरु सिक्ने मौका पाएको बताइन् ।









