
बर्दिया, मंगलबार २९ बैशाख २०८३
बर्दियाको बढैयाताल ६ मैनापोखरमा रहेको कृष्णसार बिद्या निकेतनले २०८२ सालको एस. ई. ई. परिक्षामा जिल्ला मै उत्कृष्ट नतिजा सहित बिद्यार्थी उतिर्ण गराई इतिहास रच्न सफल भएको छ । एस.ई. ई. परीक्षामा सम्मेलित २६ जना बिद्यार्थीहरु मध्ये २५ जना बिद्यार्थी उतिर्ण भएको बिद्यालयका प्रधानध्यापक नगेन्द्र भण्डारीले बताए । उतिर्ण हुने बिद्यार्थीहरु मध्ये टिका बिक, सुप्रिया सुबेदी र सुगम सुबेदीले ४ जिपिए ल्याई नयाँ इतिहास कायम उनले बताए । एक जना बिद्यार्थीलाई गणित बिषयमा एनजी लागेको छ, अगामी पुरक परिक्षामा ती बिद्यार्थी पनि उतिर्ण हुने उनले दाबी गरे । जिल्लामा १० जना बिद्यार्थी ४ जिपिए ल्याएकाछन् । जसमध्ये ३ जना बिद्यार्थी कृष्णसार बिद्या निकेतनकै रहेको उहाँले बताउनुभयो । यसले शैक्षिक क्षेत्रमा गौरवपुर्ण सफलता हासिल गरेको उनले बताए ।
बिद्यालयले बिगत १२ बर्षदेखि एस. ई. ई. मा उत्कृष्ट नतिजा सहित बिद्यार्थी उतिर्ण गराउँदै आएको छ । २०७१ साल देखि नै उत्कृष्ट नतिजना सहित बिद्यार्थी उतिर्ण गराउदै आएको बिद्यालयका कार्यकारी प्रमुख ईश्वरी रिजालले बताए । उनले समाजिक संञ्जालमा लेखेकाछन्, “४ जिपिए जस्तो उत्कृष्ट नतिजा हासिल गर्नू बिद्यार्थीहरुको मेहनत,अनुशासन,समर्पण र निरन्तर लगनशीलताको सफलता हो । एसईई परिक्षामा प्राप्त यो सफलता आगामी शैक्षिक यात्राको बलियो आधार बन्ने छ भन्ने बिश्वास लिएका छौं ”। उतिर्ण हुने बिद्यार्थीलाई हार्दिक बधाई तथा उज्जवल भबिष्यको कामना गरेकाछन् ।
बिद्यालयको व्यवस्थापन, अनुभवि तथा दक्ष शिक्षक, बिद्यार्थीलाई निरन्तर अभ्यास तथा निगरानी , बिद्यालयको शिक्षामैत्री बाताबरण दिएकाले निरन्तर एस. ई. ई. मा उत्कृष्ट नतिजा निकाल्न सफल भएको बिद्यालयले जनाएको छ । उतिर्ण हुने सम्पुर्ण विद्यार्थीलाई बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुका, साथै यस अवस्थासम्म पु¥याउन योगदान दिने सम्पूर्ण शिक्षक, कर्मचारी तथा अभिभावकलाई धन्यवाद समेत दिएको छ ।
एस.ई.ई.मा उत्कृष्ट नतिजा सहित इतिहास रच्दै कृष्णसार बिद्या निकेतन









