सामुदायमा आधारित बनका पदाधिकारीहरुलाई क्षमता अभिबृद्धि तालिम

नेपालगन्ज, शुक्रबार १ बैशाख २०८३
रेडियो कृष्णसार एफएम नेपालगन्ज बाँकेको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक सहयोगमा सामुदायिक वनका पदाधिकारीहरुलाई लक्षित गर्दै क्षमता अभिवृद्धि तालिम बिहिबार सम्पन्न गरिएको छ।
खजुरा गाउँपालिका वडा नम्बर २ स्थित हरित सृजना सामुदायिक वन उपभोक्ता समूह गौघाटको हलमा सम्पन्न गरिएको छ । तालिम कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता रेडियो कृष्णसार एफएमका स्टेशन म्यानेजर साबित्री गिरी र डिभिजन बन कार्यालय बाँकेका बरिष्ठ बन अधिकृत शुसिल सुबेदीको प्रमुख अतिथ्यतामा सम्पन्न गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि डिभिजन बन कार्यालय बाँकेका बरिष्ठ बन अधिकृत शुसिल सुबेदीले ब्यानर पढेर तालिमको उद्घाटन गर्नुभएको थियो।

Advertisement


कार्यक्रममा हरित सृजना सामुदायिक बनका अध्यक्ष कमल पुन मगरले सामुदायिक वनका पदाधिकारीहरुको क्षमता अभिवृद्धिका लागि एकदमै महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले यस्ता तालिमले पदाधिकारीहरुको कार्यशैलीमा सकारात्मक सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी गिजरा सामुदायिक बन उपभोक्त समुहका अध्यक्ष महाबीर चौधरीले सामुदायिक बन संञ्चालन गर्दा सानातिना कुराहरु जानकारी नहदां समस्या हुने गरेको छ । अब तालिम पश्चात सामुदायिक वन संञ्चालन तथा व्यवस्थापन गर्न मदत पुग्ने बताउनुभयो । धारणा राख्नुभयो।


तालिम सत्र अन्तर्गत नेपालगन्ज डिभिजन वन कार्यालय बाँकेमा बरिष्ठ बन अधिकृत शुसिल सुबेदीले “सुशासन र वित्तीय विकास” का विषयमा प्रशिक्षण दिनुभएको थियो।
त्यसैगरी डिभजिन बन कार्यालय बाँकेका रेन्जर अमृत पौडेलले बन व्यवस्थापन तथा संञ्चालनका बिषयमा प्रशिक्षण दिनुभएको थियो,भने रेडियो कृष्णसार एफएमका स्टेशन म्यानेजर साबित्री गिरीले “नेता र नेतृत्व” विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यसस्तै प्रशिक्षक राम प्रसाद अचार्यले सामुदायका पदाधिकारीले कार्यक्रम संञ्चालन तथा व्यवस्थापनबारे प्रशिक्षण गर्नुभएको थियो । तालिममा आयोजक संस्था, डिभिजन वन कार्यालय, हरित सृजना, गिजरा र लालिगुराँस सामुदायिक वनका पदाधिकारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि गरी जम्मा ४० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु