खजुराको अरुणोदयले एस.ई.ई. मा उत्कृष्ट नतिजा सहित सत् प्रतिशत उतिर्ण


नेपालगन्ज, ३१ बैशाख २०८३
खजुरा स्थित अरुणोदय बोर्डिङ हाई स्कूलले एस.ई.ई. २०८२ मा यस पालिकाको संस्थागत विद्यालयहरू मध्ये उच्चतम जी.पी.ए. ३.९६ सहित शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराई उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।
बिद्यालयमा अध्ययनरत् छात्रा खुसी गिरीले ३.९६ जी.पी.ए.,आस्था भण्डारीले ३.९१ जी.पी.ए., सम्झना बी.सी. ३.८१ जी.पी.ए. लगायत १० जना विद्यार्थीले ए+ ग्रेड प्राप्त गरेको बिद्यालयमा प्रधानध्यापक ऋषिकेश जिसीले बताउनुभयो । बिद्यालयमा अध्ययनरत् जम्मा ३१ जना विद्यार्थी मध्ये २० जना ए ग्रेड र १ जना सी+ ग्रेडमा उतिर्ण भएको उनले बताए ।
एस.ई.ई. २०८२ को नतिजामा अरुणोदाय बोडिङ्ग स्कुल सहित खजुरा क्षेत्रका अधिकांश संस्थागत विद्यालयहरू शत प्रतिशत नतिजा ल्याउन सफल भएका छन्, भने सामुदायिक विद्यालयको नतिजामा पनि सुधार आएको छ ।
विद्यालयबाट एस.ई.ई. दिएका सबै विद्यार्थी सफल भएपछि विद्यालयका प्रधानाध्यापक जिसीले सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको निरन्तर परिश्रम र अभिभावकको साथ–सहयोगकै कारण विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ । अगामी दिनमा पनि विद्यालयले अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट शैक्षिक नतिजालाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
अरुणोदय हाई स्कूलले विगत ३ वर्ष देखि पालिकामा उच्चतम जी.पी.ए. प्राप्त गरी उच्च स्थान कायम गरेको छ । विद्यालयका प्र.अ. ऋषिकेश जी.सी.का अनुसार प्राइभेट तर्फबाट एक मात्र +२ सञ्चालन गर्दै आएको अरुणोदयमा यस वर्ष होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र शिक्षा शास्त्र पनि अध्यापन गराइने भएकोले कक्षा ११ मा भर्ना समेत खुलेको जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु