गुलारिया र बारबर्दियालाई विपद् उद्धार समाग्री हस्तान्तरण

शम्भु प्रसाद थारु

Advertisement

बदिया, गुलारिया १९ जेष्ठ २०८३ (2, June, 2026)
बर्दियाको गुलारिया नगरपालिका र बारबर्दिया नगरपालिकालाई मंगलबार खोज तथा उद्धार सहयोग समाग्रीहरु हस्तान्तरण गरिएको छ । प्राक्टिकल एक्सन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (वि ‐ ग्रुप) द्धरा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजना -Climate Resilience Program for community _ अन्तर्गत गुलरिया नगरपालिका वडा नं.१,२,३,४,६,७,९ र १० गरी ८ वटा वडामा, उक्त समाग्री हस्तान्तरण गरिएको छ । गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी र विपद सम्पर्क ब्यक्ति मुकुन्द अर्याललाई भेरी बाताबरणीयउ बिशिष्टता समुह BEE-Group का अध्यक्ष डा. इन्द्रा बहादुर भण्डारी, परियोजना संयोजक श्री हेमन्त राज जोशी तथा परियोजनाका कर्मचारीहरुले बाढी तथा आगलागीजन्य विपद प्रतिकार्यका लागि वडा स्तरिय विपद ब्यबस्थापन समितिको क्षमता अभिवृद्धिको लागि खोज तथा उद्धार सहयोग समाग्रीहरु हस्तान्तरण गरिएको ऋच्ए परियोजनाका समाजिक परिचालक डिल्ली राम थारुले बताउनुभयो ।

 

 

यस्तै प्रकारले प्राक्टिकल एक्सन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (वि ‐ ग्रुप) द्धरा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजना -Climate Resilience Program for community _ अन्तर्गत बारबर्दिया नगरपालिका वडा नं. ५, ६, ७, ८, ९ र १० लाई बारबर्दिया नगरपालिका का नगरप्रमुख श्री छबीलाल थारु, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र विपद सम्पर्क ब्यक्ति राज कुमार थारुलाई BEE-Group का अध्यक्ष डा. इन्द्रा बहादुर भण्डारी, परियोजना संयोजक श्री हेमन्त राज जोशी र परियोजनाका कर्मचारीले बाढी तथा आगलागीजन्य विपद प्रतिकार्यका लागि वडा स्तरिय विपद ब्यबस्थापन समितिको क्षमता अभिवृद्धिको लागि खोज तथा उद्धार सहयोग समाग्रीहरु हस्तान्तरण गरिएको जानकारी CRP परियोजनाका अधिकृत अशोक चौधरीले बताउनुभयो । गुलारिया नगरपालिकालाई ५लाख ६३ हजार ३३ रुपैया र बारबदिया नगरपालिकालाई ३ लाख ७७ हजार ७ सय ८२ रुपैया बराबरको खोज तथा उद्धार सहयोग समाग्रीहरु हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

साथै बारबर्दिया नगरपालिका वडा नं. ४ को बैरिया र जगतिया सामुदायिक विपद ब्यबस्थापन समितिलाई खोज तथा उद्धार सहयोग समाग्रीहरु हस्तान्तरण गरिएको छ । बैरियाका सामुदायिक विपद ब्यबस्थापन समितिका संयोजक राधेश्याम थारु र जगतिया सामुदायिक विपद ब्यबस्थापन समितिका संयोजक राम किशोर थारुलाई ८५ हजार ७ सय १६ रुपैया बराबरको खोज तथा उद्धार समाग्री हस्तान्तरण गरिएको बताइएको छ ।


खोज तथा उद्धार सहयोग समाग्री अर्न्तगतः
Commercial chain saw – 1 set, Fire Extinguisher – 2 set, Life Jacket – 5 pcs, Hand mike – 1 set, Safety Boot – 5 pair,Safety Helmet – 5 pcs, Stretcher – 2 pcs, Torch light – 4 pcs, Shovel – 2 pcs, Working Gloves – 5 pair,Rescue Rope – 1 Bundle, Metal Box – 1 pcs  दुबै पालिकामा हस्तान्तरण गरिएको छ । बर्दिया जिल्ला बाढी, डुवान तथा बिपद्को उच्च जोखिममा रहदै आएको जिल्ला हो । बाढी डुवानबाट बर्षेनी नागरिकले क्षति व्यहोदै आएकाछन् । अहिलेको उच्च गर्मीका हुन सक्ने आगलागीका घट्न र मनसुनजन्य बिपद्लाई मध्येनजर गरेर बाढी तथा आगलागीजन्य विपद प्रतिकार्यका लागि खोज तथा उद्धार सहयोग समाग्रीहरु हस्तान्तरण गरिएको ऋच्ए परियोजना कार्यक्रम संयोजक हेमन्त राज जोशीले बताउनुभयो ।


समाग्री हस्तान्तरण कार्यक्रमकै अवसरमा गुलारिया नगरपालिका भित्र रहेका ७ वटा सहकारीलाई ल्यापटप र प्रिन्टर सहयोग हस्तान्तरण गरिएको छ । प्राक्टिकल एक्सन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (वि ‐ ग्रुप) द्धरा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजना-Climate Resilience Program for community _ अन्तर्गतका सहकारीहरुलाई गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव ज्यू, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी, विपद सम्पर्क ब्यक्ति मुकुन्द अर्याल र वडा अध्यक्षहरुको रोहवरमा BEE-Group का अध्यक्ष डा. इन्द्रा बहादुर भण्डारी, परियोजना संयोजक हेमन्त राज जोशी र परियोजनाका कर्मचारीहरुले उक्त समाग्री हस्तान्तरण गरिएको छ । किसानहरुको उत्थानशीलको लागि बाढी बिमा कार्यक्रम Index Based Flood Insurance IBFI अन्तर्गत समाग्रीहरु हस्तान्तरण गरिएको जानकारी CRP परियोजनाका समाजिक परिचालक थारुले बताउनुभयो । नगर रहेका मिलीजुली कृषि सहकारी संस्था लि., दिगोपन सामजिक उद्यामी महिला सहकारी संस्था, बबई कृषि सहकारी संस्था, जगदम्बा कृषि सहकारी संस्था, श्रृखला महिला विकास बहुउद्देश्शीय सहकारी संस्था, चन्द्रकिरण साना किसान कृषि सहकारी संस्था र दिर्घाकालीन महिला कृषि सहकारी संस्था लिमिटेडलाई ९ लाख ४७ हजार ४ सय ९९ रुपैया बजारको ल्यापटप र प्रिन्टर सहयोग हस्तान्तरण गरिएको परियोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु