
बर्दिया, २२ जेष्ठ २०८३, (5 june 2026)
बर्दियाको बाढी प्रभाबित बस्तिमा समुदायमा आधारित बाढी कृतिम घट्न अभ्यास गराइएको छ । बिश्व बाताबरण दिवसका अवसरमा प्राक्टिक एक्सन नेपाल र भेरी बाताबरणिय बिशिष्टता समुह (बि ग्रुप) द्धरा सञ्चालित समुदायका लागि जलबायु उत्थानशिल परियोजना अर्न्तगत गुलारिया नगरपालिका वडा नं. १२ सानो बिक्रि, वडा नं. ५ बालापुर, वडा नं. ८ थपुवा र वडा नं ११ बाँधुपुरुवामा बाढी कृतिम घट्न अभ्यास गराइएको परियोजनाका समाजिक परिचालक दिल्ली राम थारुले बताउनुभयो । यस्तै परियोजनाले बर्दियामा समुदायमा आधारित बाढी कृतिम घट्न अभ्यास कार्यक्रम अर्न्तगत बारबर्दियामा १०, मधुबनमा ६, गेरुवामा १५ राजापुरमा २८ र गुलारियाको ४ ठाउँ सहित ६३ ठाउँमा बाढी कृतिम घट्न अभ्यास गराइएको भेरी वातावरणीय विशिष्टता समुह (वि ‐ ग्रुप) द्धरा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजनाका, परियोजना अधिकृत अशोक चौधरीले बताउनुभयो ।
Advertisement

यस्तै परियोजनाको कार्यक्षेत्र भित्र पर्ने कैलालीको ८४ वटा सामुदायिक बिपद् व्यवस्थापन समितिमा बाढी कृतिम घट्न अभ्यास गराएको छ । कैलालीको बाढी बिपद् जोखिम क्षेत्रका सामुदायिक बिपद् व्यवस्थापन समितिमा बाढी कृतिम घट्न अभ्यास गराएको समुदायका लागि जलवायु उत्थानशील परियोजना संयोजक हेमन्त राज जोशीले बताउनुभयो । बी ग्रुपले बिगत केही बर्षदेखि परियोजना मार्पmत बिपद्का क्षेत्रमा बर्दिया र कैलालीमा बाढी बिपद् समाग्री, सचेतना लगायत्का कार्यक्रम सञ्चालन गर्दै आएको परियोजनाले जनाएको छ ।










