कृषि तालिम केन्द्रद्धरा ICT को प्रयोग सम्बन्धि अधिकृत स्तरिय तालिम सञ्चालन


नेपालगन्ज, १ असार २०८३
बाँकेको खजुरामा ICT को प्रयोग मार्पmत समाजिक सञ्जालमा प्रयोग हुने डिजिटल समाग्री तथा सुचना प्रवाह सम्बन्धि ६ दिने तालिम सञ्चालन भैरहेको छ । कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेको आयोजनामा गत जेष्ठ २८ गतेबाट तालिम सञ्चालन भैरहेको तालिम केन्द्रका बरिष्ठ बागवानी बिकास अधिकृत राम प्रकाश यादवले बताउनुभयो । तालिममा लुम्बिनी प्रदेशका रुकुम पुर्व जिल्ला बाहेक ११ जिल्लाका अधिृकत स्तरका १६ जना कर्मचारीहरुको सहभागिता रहेको छ । किसानहरुलाई समाजिक सञ्जाल मार्पmत कृषि सम्बन्धि जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको कृषि तालिम केन्द्रका बरिष्ठ बागवानी बिकास अधिकृत यादवले बताउनुभयो । आईटी सम्बन्धि बिज्ञ ट्रेनरहरुले तालिम दिईरहेकाछन् । तालिम पश्चात कृनै पनि कृषि सम्बन्धि जानकारी, सुझाव, रोग किराका बारेमा किसानहरुलाई जानकारी दिन कर्मचारीहरुलाई सहज हुने खजुरा बाँकेका निमित्त प्रमुख सन्तोष पाठकले बताउनुभयो । जसले गर्दा घरमै बसेर किसानहरुलाई कृषि सम्बन्धि जानकारी तथा सुझाव पाउन सकिने आपेक्षा समेत गरिएको उहाँले बताउनुभयो । तालिम २ गते मंगलबार समापन गर्ने कार्यक्रम रहेको छ । तालिममा ड्रिम ओर्क सोलुसन प्रा.लि. भरतपुर चितवनका प्रमुख किरण बवनु र शिवान्स आईटी सोलुसन काठमण्डौंका एमडी गोपाल तिवारीले प्रशिक्षण दिईरहनु भएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु