
नेपालगन्ज, ४ जेष्ठ २०८३
बाँकेको खजुरामा ६ दिने शीत भण्डार सञ्चालन (अपरेटर) तालिम मंगलबार सम्पन्न भएको छ । कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेका निमित्त प्रमुख सन्तोष पाठकको अध्यक्षता तथा राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना, खुमलटार, ललितपुरका मुख्य प्रशिक्षक वरिष्ठ कृषि इन्जिनियर डा. जीत बहादुर चन्दको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको छ । कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेको आयोजनामा भएको तालिममा लुम्बिनी प्रदेशका ११ जिल्लाबाट जम्मा १६ जनाको सहभागिता रहेको तालिम केन्द्रका कृषि प्रसार अधिकृत प्रबिन चौधरीले बताउनुभयो । तालिम कार्यक्रममा बोल्दै मुख्य प्रशिक्षक बरिष्ठ कृषि इन्जिनियर डा. जित बहादर चन्दले तालिमका सहभागीहरुलाई शीत भण्डार सञ्चालनका लागि आवश्यक ज्ञान तथा सिप सिकाइएको बताउनुभयो ।

Advertisement
तालिम पश्चात सहभागीहरुलाई शित भण्डार सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशमा शीत भण्डार खुल्ने क्रम बढ्दै गएको छ तर आवश्यक ज्ञान सिप नहुदां सञ्चालक तथा अपरेटरहरुले बेलाबखत समस्या भोग्दै आएका थिए । त्यसलाई लक्षित गरी शीत भण्डारसंग आबद्ध भएका व्यक्तिहरुको व्यवस्थापकीय दक्षता प्रदान गर्न तथा असल शीत भण्डारका लागि चाहिने आवश्यक प्राबिधिक ज्ञान सिप प्रदान गर्न तालिम आयोजना गरेको कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेका निमित्त प्रमुख सन्तोष पाठकले बताउनुभयो । तालिममा शित भण्डार सञ्चालक, शीत भण्डारसंग आबद्ध भएका उद्यामी, अगुवा कृषकहरुको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा तालिम प्रशिक्षक कृषि इन्जिनियर समिर श्रेष्ठ र कृषि अनुसन्धान निर्देशनालय, खजुरा बाँकेका कृषि इन्जिनियर सागर महर्जनको आतिथ्यतामा सम्पन्न भएको थियो ।

कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेको आयोजना भएको क्ष्ऋत् को प्रयोग मार्पmत समाजिक सञ्जालमा प्रयोग हुने डिजिटल समाग्री तथा सुचना प्रवाह सम्बन्धि ६ दिने तालिम पनि मंगलबार सम्पन्न भएको तालिम केन्द्रका बरिष्ठ बागवानी बिकास अधिकृत यादवले बताउनुभयो । तालिममा लुम्बिनी प्रदेशका रुकुम पुर्व जिल्ला बाहेक ११ जिल्लाका अधिृकत स्तरका १६ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । किसानहरुलाई समाजिक सञ्जाल मार्पmत कृषि सम्बन्धि जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको थियो । तालिम पश्चात कुनै पनि कृषि सम्बन्धि जानकारी, सुझाव, रोग किराका बारेमा किसानहरुलाई जानकारी दिन कर्मचारीहरुलाई सहज हुने खजुरा बाँकेका निमित्त प्रमुख सन्तोष पाठकले बताउनुभयो । तालिम पश्चात घरमै बसेर किसानहरुलाई कृषि सम्बन्धि जानकारी दिन तथा सुझाव पाउन सकिने आपेक्षा समेत गरिएको उहाँले बताउनुभयो ।









