बाँकेमा कृषि कार्यक्रमको संयुक्त अनुगमन


नेपालगन्ज, २६ असार २०८२
बाँकेमा राष्ट्रिय कृषि आधुनिकिरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ,बर्दिया अर्न्तगत कार्यक्षेत्र बाँकेमा २०८२/८३ मा सम्पन्न गरेको बिभिन्न अनुदानका कार्यक्रमहरुको अन्तर निकाय सयुक्त अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका सहसंयोजक सिता कार्कीको प्रमुख अगुवाईमा बिभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा संयुक्त अनुगमन गरिएको कार्यक्रम कार्यान्वयन एकाइ बर्दिया, कार्यक्षेत्र बाँकेका कृषि अधिकृत चन्द्र बहादुर बुढाले बताए । अनुगमनका क्रममा जिल्ला समन्वय समतिका सहसंयोजक सिता कार्कीले किसानलाई दिएको अनुदानको सही सदुपयोग भएको बताइन् । उनले भनिन्, प्रतक्ष्य रुपमा कृषि खेती गरिरहेका बास्तबिक किसानले अनुदान पाएकाछन् । जसबाट बास्तबिक किसानको उत्पादनलाई बृद्धि गर्न थप मदत पुग्ने बिश्वास उनले व्यक्त गरिन् । सयुक्त अनुगमनका क्रममा नेपालगन्ज १७ परसपुरमा रहेको द रेड एग्रो फर्ममा कृषि उद्यमशिलता कार्यक्रम बिकास कार्यक्रम अर्न्तगत बंगुर खोर निर्माणमा दिइएको अनुदान कार्यक्रमको अनुगमन गरिएको छ । यस्तै जानकी २ मा रहेको जय श्री राम कृषक समुहलाई यान्त्रिकरण अर्न्तगत कष्टम हायरिड्ड सेन्टर, खजुरा ३ मा रहेको गोल्डेन स तरकारी तथा च्याउ उद्योगमा दिएको थोपा सिचाई प्रणाली जडान/ तरकारी उत्पादनका लागि गुमोज टनेल स्थापना/मल्चिड्ड समाग्री सहयोग कार्यक्रम र तरकारी बालीको क्षेत्र बिस्तार कार्यक्रमको अनुगमन गरिएको छ । अनुगमनकै क्रममा जिल्लामा पहिलो पटक लागु गरिएको कोहलपुर १५ चन्नहवाको रिदम कृषि तथा पशुपालन फर्ममा मासु निर्यात अभिबृद्धिका लागि राँगा भैसी प्रबद्र्धन कार्यक्रम अर्न्तगत गोठ निर्मााणमा दिइएको अनुदानको पनि अनुगमन गरिएको छ । अनुगमनकै क्रममा कोहलपुर १५ चन्नहवाको शान्ति महिला कृषक समुहलाई दिइएको कृषि यान्त्रिकरण सहयोग कार्यक्रमबारे समेत जानकारी लिइएको छ ।


राष्ट्रिय कृषि आधुनिकिरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई बर्दियाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई साना सिचाई, कृषि यान्त्र, बिउ बेर्न, कष्टम हायरिड्ड सेन्टर, उद्यमशिलता बिकास कार्यक्रम, मासु प्रबद्र्धन सहयोग कार्यक्रममा किसानहरुलाई सहयोग गर्दे आएको कार्यक्रम कार्यान्वयन एकाइ बर्दियाका कृषि अधिकृत युराज बिकले बताए ।
कार्यक्रम कार्यान्वयन एकाइबाट अनुदान पाएका किसानहरु थप उत्साहित भएकाछन् । पाएको अनुदानबाट खेती किसानी गर्न सहज हुनुका साथै उत्पादनमा समेत बृद्धि हुने किसानहरु बताएकाछन् । द रेड एग्रो फर्म नेपालगन्ज १७ परसपुरका संञ्चालक राजु नेपालीले कृषि उद्यमशिलता कार्यक्रम बिकास कार्यक्रम अर्न्तगत बंगुर खोर निर्माणमा ४ लाख अनुदान पाउँदा सानो फर्मलाई ठुलो बनाउनका लागि धेरै सहयोग पुगेको बताए । बिगतमा सानो फर्म हुदां २०/२५ वटा मात्रै बंगुर पाल्ने गर्दथे, भने अहिले एक सय वटा बंगुर पाल्ने र बच्चा समेत उत्पादन तथा बिक्रि बितरण गर्ने उनले बताएकाछन् ।

Advertisement


खजुरा ३ का युवा किसान सुरेन्द्र खड्का २०६८ सालबाट तरकारी र च्याउ खेती गर्दे आएकाछन् । उनले कार्यक्रम कार्यान्वयन एकाइबाट तरकारी खेतीका लागि अनुदान पाएपछि बिगत १५ बर्षदेखि तिर्न नसकेको ऋण यो बर्ष तिर्न सफल भएको बताए । अनुदान पाउदा तरकारी उत्पादन गर्न सहज भएको छ भने, तरकारीले राम्रो बजार पाउँदा बिगतको भन्दा आम्दानी बढी भएको उनले बताए ।


जानकी २ जय श्रीराम कृषक समुह बेलभारका परसराम कुर्मीले कष्टम हायरिड्ड सेन्टरमा २ वटा धान थ्रेसर, एक एक वटा हाइरो र रोटाबेटर पाउँदा धान रोपाईका लागि खेत तयार गर्न र थ्रेसिङ गर्न सहज हुने बताएकाछन् भने रिदम कृषि तथा पशुपालन फर्म कोहलपुर १५ चन्नहवाका फग्गुराम थारुले गोठ निर्माणका लागि अनुदान सहयोग पाउँदा पशुपालन गर्न सहज भएको बताए । अहिले दुध बेचेरा राम्रो आम्दान गरिरहेका उनले अगामी दिनमा अझ बढी पशुपालन गर्ने बताएकाछन् ।
अनुगमन कार्यक्रममा केन्द्रबाट सहभागी हुन आएका राष्ट्रिय कृषि आधुनिकिरण कार्यक्रम व्यवास्थापन एकाइ खुमलटार लालितपुरका बरिष्ठ कृषि अधिकृत रबिन धितालले कार्यक्रम कार्यान्वयन एकाइ मार्पmत राम्रो काम भएको बताए । उनले भने बाँके बर्दियामा केरा उत्पादनदेखि प्रशोधन सम्म भैरहेको छ भने धान उत्पादन देखि राईसमिलबाट कटानी गरी बिक्रि बितरण समेत शुरुवात भएको छ । जसले सुपर जोन र जोन मार्पmत उत्पादन मात्रै नभै औधोगिकरण सम्मको अभ्यासको शुरुवात् भएकाले राम्रो काम भएको उनले बताए । अगामी दिनमा यो कार्यक्रमको मोडालिटी परिवर्तन भएर आउने जानकारी समेत उनले दिए ।


राष्ट्रिय कृषि आधुनिकिरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ बर्दिया कार्यक्षेत्र बाँकेमा धान जोन र तरकारी जोनमा कार्यक्रम लागु गरी काम गरिरहेको छ । कार्यालयले चालु आर्थिक बर्ष २०८२/८३ मा ७५ प्रतिशत बढी कार्यक्रम सम्पन्न गरेको कार्यक्रम कार्यान्वयन एकाईका कृषि अधिकृत चन्द्र बुढाले बताए । उनले भने, चालु आर्थिक बर्षको कार्यक्रममा प्रस्ताव पेश गरेका किसानहरुलाई सकेसम्म सबै किसानलाई समेतेका छौ, किसानहरु पनि कार्यक्रमबाट सुन्तुष्ट भएको उनले बताए
संयुक्त अनुगमन कार्यक्रममा कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुराका प्रमुख सन्तोष पाठक, कृषि ज्ञान केन्द्र बाँकेका कृषि अधिकृत खडक बस्नेत, भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रका नायब पशु सेवा प्राबिधिक अकाश रोका, नेपालगन्ज उपहानगरपालिका कृषि शाखा प्रमुख अम्बिका रिजाल, जानकी गाउँपालिका कृषि शाखा प्रमुख मनोज मण्डल, कोहलपुर नगरपालिका कृषि शाखा प्रमुख कल्पना नेपाली, धान जोन संञ्चालन समितिका संयोजक जगत शाही, राष्ट्रिय कृषि आधुनिकिरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइका कृषि अधिकृत चेतना राना, प्राबिधिक सहायक नरेन्द्र सुनार, प्राबिधि सहायक धनसिंह बुढा लगायत् सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु