
नेपालगन्ज, ३० असार २०८३
एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय बर्दियाको २०८२/८३ मा सम्पन्न गरेको बिभिन्न अनुदानका कार्यक्रमहरुको सयुक्त अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति बर्दियाका संयोजक सुर्य बहादुर बिष्टको प्रमुख अगुवाईमा बिभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा संयुक्त अनुगमन गरिएको एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय बर्दियाका कृषि प्राबिधिक अधिकृत फिर्तुमान चौधरीले बताउनुभयो । अनुगमन गर्दै जिल्ला समन्वय समतिका संयोजक सुर्य बहादुर बिष्टले सहकारीका संञ्चालकहरुलाई सेवा मुलक संस्था भएकाले नागरिकप्रति उत्तरदायि भएर काम गर्न सुझाव दिनुभयो । नागरिक र किसानका बारेमा बुझेर उत्पादन भएको बस्तु बाहिर बिक्रिबितरण गर्न आग्रह समेत उहाँले गर्नुभयो । अनुगमका क्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले गुलारिया ६ मा सुनौलो महिला बिकास सहकारी संस्थाले संञ्चालन गरेको बेसार प्रशोधन केन्द्रमा दिएको अनुदान सहयोगको अनुगमन गर्नूभएको थियो । सस्थाका व्यवस्थापक खुमा कुमारी पोखरेलले बेसार प्रशोधन गर्ने मेसिनमा अनुदान सहयोग पाएपछि प्रशोधन गर्न सहजभएको कुरा जानकारी गराउनुभएको थियो ।

अनुगमनका क्रमामा बढैयाताल ८ मा रहेको कालिका सहकारी संस्थाको गोदाम घर र वडा नं ७ मा रहेको भगवती दुग्ध उत्पादक सहकारी संस्थामा दिएको अनुदान सहयोगको पनि अनुगमन गरिएको छ । अनुगमन गर्दा कालिका सहकारी संस्थाका अध्यक्ष हरि अधिकारीले किसानहरुको धान, गहँु उचित मुल्यमा किनेर एकदमै न्युन मुनाफामा बेच्ने गरेको उहाँले बतानुभयो । यस्तै भगवती दुग्ध उत्पादक सहकारी संस्थाका व्यावस्थापक हरि सुबेदीले किसानले उत्पादन गरेको दुध उचित मूल्यमा खरिद गरेर बिक्रिबितरणमा टेवा पुर्याउदै आएको बताउनुभयो ।
Advertisement

अनुगमनकै क्रममा बढैयाताल ६ मैनापोखर भबिष्य साना किसान सहकारी संस्थामा बिउबिजन पूर्वाधार बिकास कार्यक्रम अर्न्तगत गोदाम घर निर्माणमा दिएको अनुदानको अनुगमन गरिएको छ भने वडा नं. ४ मा रहेको लावाजुनी कृषक समुहमा अनुदानमा बितरण गरिएका बंगुरका बच्चाको अनुगमन गरिएको थियो । अनुगमन गर्दा मैनापोखर भबिष्य साना किसान सहकारी संस्थाले बिष्णु लामसालले किसानहरुको टोरी लगायत्का उत्पादन उचित मुल्यमा खरिद गरि बिक्रि बितरणमा टेवा पुर्याउदै आएको बताउनुभयो ।जसबाट किसानहरु उचित मुल्यमा आप्mनो उत्पादन बिक्रिबिवतरण गर्न पाउँदा लाभाम्बित भएको उहाँले जानकारी समेत दिनुभयो । यस्तै लावाजुनी कृषक समुहका अध्यक्ष रोगाही थारुले किसानहरुले अनुदानमा बंगुरका पाठापाठी पाउँदा खुसि भएको बताउनुभयो । तर व्यवसायिक रुपमा बंगर पालन गर्नका लागि अगामी दिनमा खोर निर्माणमा पनि सहयोग गर्नु पर्ने बताउनुभयो ।

एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय बर्दियाले समुहका २१ जना किसानलाई जानही २/२ वटा बंगरका पाठापाठी बितरण गरेको थियो । स्थानीय जातका बंगुर संरक्षण उत्पादन तथा बिक्रि बितरण गर्ने उद्देश्यले अनुदानमा पाठापाठी बितरण गरिएको एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय बर्दियाका प्रमुख कमला अधिकारीले बताउनुभयो । अनुगमन कार्यक्रममा उहाँले भन्नुभयो, एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय बर्दियाले आर्थिक बर्ष शुरुभएको केही समयपछि अनुदान कार्यक्रमको सुचना अवहान गरेर आबेदन माग गर्ने गरेकाछौं । सोही बमोजिम किसानहरुलाई छनोट गरेर साना सिचाई, कृषि यान्त्र, बिउ बेर्न, उद्यमशिलता बिकास कार्यक्रम, पशुपालन, तरकारी खेती प्रबद्र्धन, माछा तथा अन्नबाली प्रबद्र्धन कार्यक्रममा अनुदान सहयोग सहयोग गर्दे आएको उहाँले बताउनुभयो ।
सरोकारवाला निकायको सहभागितामा गरिएको संयुक्त अनुगमन कार्यक्रममा जिल्ला समन्वय समितिका सहसंयोजक अनिता यादव, एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय बर्दियाका कृषि प्रसार अधिकृत सेतीराम बबाल, पशुसेवा अधिकृत रुपेन्द्र कुमार ओली, मत्स्या प्राबिधिक बिनोद मल्ला, मिडियाकर्मी पत्रकारहरु लगायत् सरोकारवाला निकायको सहभागिता रहेको थियो ।









