
नेपालगन्ज, १८ साउन, २०८३
नेपालगन्जमा जडीबुटी तथा सुगन्धित बिरुवा -MAPs_ क्षेत्रको Global Value Chain अध्ययनको जानकारी सम्प्रेषण कार्यक्रम सम्पन्न भएको छ । जडीबुटी व्यवसायिक संघ नेपालका अध्यक्ष टंक प्रसाद शर्माको अध्यक्षता तथा लुम्बिनी प्रदेश संसाद मिना बोहरा सिद्दिकीको प्रमुख अतिथ्यतामा संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको छ ।
जर्मन सरकारको सहयोगमा सञ्चालित GIZ GRAPE–II कार्यक्रम अन्तर्गत Kings Center for Research and Development -CERAD_ले तयार गरेको “नेपालको जडीबुटी तथा सुगन्धित बिरुवा -Medicinal and Aromatic Plants – MAPs_ क्षेत्रको Global Value Chain अध्ययन” का निष्कर्षहरू सम्प्रेषण गर्ने उद्देश्यले आयोजित जानकारी सम्प्रेषण तथा अन्तरक्रिया कार्यक्रममा रिपोर्ट प्रस्तुत गरिएको थियो ।
अध्ययन टोलीका प्रमुख अन्वेषक मेघनाथ दुलालको नेतृत्वमा टोली सदस्य सगुन बाबा श्रेष्ठ, श्रीका भट्ट, दृष्टान्त चन्द्र भट्टले अध्ययनका निष्कर्षहरू प्रस्तुत गर्नुभएको थियो ।
Advertisement
प्रस्तुतीकरण कार्यक्रममा एउटा चाख लाग्दो तस्बिर उतारेको थियो । नेपालको हिमाल र जंगलमा एक हजार ६ सय २४ प्रजातिका जडीबुटी फुले पनि अन्तर्राष्ट्रिय बजारसम्म जम्मा सय प्रजतिका जडीबुटी मात्रै नियमित पुग्ने गर्दछ । अर्थात प्रकृतिले दिएको प्रचुर सम्भावनाको सानो अंशमात्र हामीले अहिलेसम्म बजारीकरण गर्न सकेकाछौं । अझ रोचक कुरा त के भने, आज हामी बसेकै यही नेपालगंज नाकाले देशको कुल औपचारिक MAPs निर्यातको ७५ प्रतिशत एक्लै ओसारेको तथ्याङ्कले कार्यक्रममा उपस्थित सबैलाई झस्काएको थियो । अर्थात नेपालगंज कुनै साधारण नाका होइन, यो देशकै जडीबुटी व्यापारको मुटु नै रहेको कुरा तथ्यांकले नै प्रष्ट पारेको थियो ।
अध्ययन टोलीका प्रमुख अन्वेषक मेघनाथ दुलालका अनुसार सोलार ड्रायरको अभावमा जडीबुटीको गुणस्तर सुक्दै करिब १८ प्रतिशत सम्म गुम्ने गरेको, आवस्था छ । भने नेपालमा तीन वटा प्रयोगशालाले मात्र अन्तर्राष्ट्रिय मान्यता नजिक पुगेको जानकारी गराउनुभयो । युरोप, अमेरिका, जापान, भारत र चीनका ९० सत्यापित खरिदकर्तासम्म नेपालको पहुँच पुगिसकेको र ब्लकचेन प्रविधि मार्फत “जंगल देखि विदेशी पसलको दराजसम्म “पुरैयात्रा पत्याउन सकिने प्रविधि अब हातमै रहेको देखाइएको थियो । नेपालले चाहेमा कच्चापदार्थ बेच्ने देशबाट विश्वले चिन्ने प्रिमियम ब्रान्ड बन्न सक्ने सम्भावना समेत प्रस्तुतीकरण मार्पmत प्रमुख दुलालले जानकारी गराउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश सांसद मोहम्मद याकूब अन्सारी, नेपालगंज भन्सार कार्यालयका प्रमुख श्री जनार्दन पौडेल, र जडीबुटी व्यवसायी संघ नेपाल-JABAN_ का महासचिव श्री भानुभक्त रिजालको विशेष उपस्थिति रहेको थियो । यसका अतिरिक्त जडीबुटी व्यवसायी, प्रशोधक, डिभिजन वन कार्यालयका , वनस्पति क्वारेन्टाइन कार्यालय, सडक तथा यातायात व्यवस्था कार्यालय, नेपालगंज, बाँके चेम्बर अफ कमर्स, ट्रक/कार्गो यातायात व्यवसायी संघ र सामुदायिक वन उपभोक्ता समूह -CFUGs_ लगायत्का प्रतिनिधि समेत गरी ४५ जना सरोकारवालाहरुको सहभागी भएका थिए ।
कार्यक्रममा प्रस्तुतीकरणमा मात्र सीमित नरही, उपस्थित सरोकारवालाहरूबाट खुला छलफल र सुझाव सङ्कलन समेत गरिएको थियो । जडीबुटी सङ्कलक देखि व्यापारी, र सरकारी निकायका प्रतिनिधिहरुले आ–आफ्ना अनुभव तथा सुझाव दिएका थिए । जुन अध्ययनको अन्तिम प्रतिवेदन र कार्ययोजनामा समेत समावेश गरिने आयोजक संस्था Kings Center for Research and Development -CERAD_ले जनाएको छ ।
कार्यक्रमका क्रममा नेपाल आगामी वर्षहरूमा Least Developed Country -LDC_ स्तर बाट स्तरोन्नति हुँदा जडीबुटी निर्यातमा पर्ने सम्भावित असर र त्यसको सामना गर्ने रणनीति बारे समेत छलफल गरिएको थियो ।
कार्यक्रमको सफल बनाउन हल उपलब्ध गराई सहयोग पुर्याएकोमा आयोजकले जडीबुटी व्यवसायी संघ -JABAN_नेपालगंज प्रति विशेष आभार समेत व्यक्त गरेका थियो ।








