बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाले वडा नंं ६ मैनापोखरका वडा अध्यक्ष शुक्रराज सापकोटाले घर नभत्काउने सर्तमा १ लाख पैसा घुस मागेको घटनामा श्री साना किसान सहकारी संस्था लिमिटेड मौपोखरका सहयाक प्रबन्धक मधुराम थारु पनि मुछिएका छन् । पीडित सकिना खानले वडा अध्यक्ष सापकोटालाई ५० हजार नगद मधुराम कै घरमा राति ८ वजे बुझाएको भिडियो अहिले सार्वजनिक सन्जालमा भाईरल भएको छ । ५० हजार रुपैयाँ मधुरामको घरमा प्रधान (शुक्रे) लाई बुझाएको छु । एक जना तेलीसंग सापटी मागेर । ५० हजार आज बुझाउने अन्तिम दिन थियो, पीडित सकिनाले भिडियोमा भनेकी छन्, घर भत्काई दिएपछि पैसा दिएर के काम ?
Advertisement
जग्गा दर्ता गर्ने नाममा सकिना खानले ५० हजार दिएको घटनामा साना किसान सहकारी संस्था लिमिटेड मौपोखरका सहयाक प्रबन्धक मधु रामथारु मुछिएपछि घटनाको सत्य तथ्य बुझ्नु पर्ने माग उठेको छ । सार्वजनिक संस्थाको सहायक प्रबन्धकको रुपमा कार्यरत व्यक्तिले घुस लेनदेनमा मुछिनु संस्थाको हित विपरित कार्यरहेको टिप्पणी गरिएको छ ।
श्री साना किसान सहकारी संस्था लिमिटेड मौपोखरका सन्चालक समितिका अध्यक्ष विष्णु लम्सालले सहायक प्रवधन्क मधुराम थारु घुस काण्डमा मुछिएको बारे लिखित उजुरी नआएको बताए । उनले भने, तर, पनि घटनामा बारे बुझ्छौ । दोषी पाए हदैसम्म कारवाही गर्छौ ।
पीडित सकिनाले पैसा लिएर सापकोटाले बन्दै गरेको दुई कोठाको घरमा डोजर चलाएको गुनासो गरिन । घरमाथि जबरजस्ती डोजर चलाउँदा प्रतिबादमा उत्रिएकी घरधनी सकिना खानलाई डोजरले लछारपछार पार्दा उनी घाईते भएकीछिन् ।
खानको टाउँको र हातमा चोट लागेको छ । पीडित खानले भनिन्, ‘वडा कार्यालयले केही दिन अगाडी घर नबनाउनु भनेको थियो । हामीले घर बनाउन रोकेका थियो । तर एक्कासी गाउँपालिकाबाट आएको डोजरले निर्माण गरिएको दुई कोठे घर भत्काई दियो । मैले नभत्काउ भन्दा आफुलाई डोजरले घरमाथि नै लछारपछार गरी फलिदियो,’ उनले दुखेसो पोखिन् ।
डोजरले घर भत्काउदा २ लाख ५० हजारको क्षति भएको छ, भने घरको भाँडा कुल्चेको र पानी तान्ने मोटर माथि क्षति पुगेको पीडित परिवारको दाबी छ ।









