बैतडी । गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा गाडीले बिहान ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी […]

बग्दाद । इराकमा एक विवाह भइरहेको हलमा आगलागी हुँदा कम्ती १०० जना मानिसको मृत्यु भएको छ। द न्युयोर्क टाइम्सका अनुसार निनेभेह प्रान्तको हामदानिया क्षेत्रमा स्थानीय समयअनुसार मंगलबार राति विवाह समारोह भइरहेको हलमा आगो लाग्दा १५० भन्दा बढी मानिस घाइते भएका छन्। राजधानी बग्दाददेखि २५० माइलको दूरीमा रहेको उक्त क्षेत्रमा क्रिश्चियन धर्मालम्बीहरूको बाहुल्यता छ। विवाह पनि […]

उदयपुर / त्रियुगा नगरपालिका-५ कुसुमटार बस्ने ३१ वर्षीय अमृत तामाङलाई एकनाले भरुवा बन्दुक १ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

सर्लाही / बिष्णु गाउँपालिका-६ स्थित सडकमा बीआर ३० एडी ९८७२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीया सुनिता देवीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

  ९ असोज, काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको ठगी प्रकरणमा मुद्दा नचलाउनुको कारण माग गरेको हो ।   शक्ति र […]

एजेन्सी/ येरेभान — अर्मेनिया र अजरबैजानको विवादित सीमा क्षेत्र नागोर्नो-काराबाखमा सोमबार इन्धन डिपो विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । अजरबैजानको सैनिक कारबाहीबाट जोगिन हजारौं आर्मेनियालीहरू उक्त क्षेत्रबाट भाग्ने क्रममा यस्तो घटना भएको हो । विस्फोटका कारण झण्डै ३ सय मानिस घाइते भएको एपी न्युजले जनाएको छ । घटनास्थलमा १३ जनाको शव भेटिएको तर […]

  असोज, काठमडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल, न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तानसहितको समूह डीमा परेको छ । यो समूहको शीर्ष ३ मा पर्नसकेमा नेपालले समूह एमा रहेका बंगलादेश, भारत, आयरल्याड र अमेरिका मध्येका २ टिमसँग सुपर सिक्सको समूह चरण खेल्न पाउने छ । अनलाईन खबरका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको खेल तालिका […]

  नेपालगन्ज — दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि मंसिर ३ गतेसम्म बाँके,बर्दियालगायतका जिल्लामा सहुलियत पसलहरु सञ्चालन गर्ने भएको छ । यसको साथै निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलरको माध्यमबाट तोकिएबमोजिम विक्री वितरण गरिने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेका खाद्य व्यवस्था तथा व्यापार […]

  बेइजिङ सेप्टेम्बर / १.चीनका सम्माननीय प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सेप्टेम्बर २३ देखि ३० सम्म चीनको औपचारिक भ्रमणमा हुनुहुन्छ । सो क्रममा उहाँले १९ औँ एशियाली खेलकुद उद्घाटन समारोहमा भाग लिनुभयो । २.भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छयाङ र नेशनल पिपल्स कंग्रेसका स्थायी कमिटी […]

काठमाडौं । चिकित्सकहरुमाथि ऋखंलाबद्ध अक्रामण हुन थालेपछि मंगलबार काठमाडौंको माइतीघर मण्डलमा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा पाटन अस्पताल, वीर अस्पताल लगायत काठमाडौं‌ उपत्यकाका डाक्टरहरू सहभागी छन्। सोमबार पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरूले चिकित्सकमाथि कुटपिट गरेका थिए। त्‍यस्तै उनीहरूले अस्पतालमा तोडफोड गरेका थिए। आइतबार राति लमजुङ जिल्ला अस्पतालमा बेसीशहर नगरपालिका( […]