काठमाडौं, २१ भदौ/ बर्दिया, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपपालिका-९ माछागढ बस्ने ३९ वर्षीय शेर बहादुर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई बारबर्दिया नगरपालिका-४ सिटीबरेलीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

२१ भदौ, दाङ । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको २४औं बैठक बिहीबार दिउँसो १२ बजे बस्ने भएको छ । करिब एक महिनापछि बस्न लागेको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’लाई अगाडि बढाउने तयारी छ ।प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन […]

    भदौ २० । नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले विदुर नगरपालिका टुप्चे घर भयुटार बस्ने ४नेपाली७ वर्षका श्यामबहादुर सापकोटालाई पक्राउ गरेको छ । पक्राउ परेका सापकोटाले रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा अघिल्लो लहरमा नै बसेर यादवको भाषण सुनेका  थिए ।   कार्यक्रम सकिएपछि यादवलाई पछ्याउँदै आएर उनले खुकुरी हानेको […]

    भाद्र २०, २०८०/ असोज ६ र ७ गतेलाई तोकिएको समय तालिका फेरबदल गरिएको हो काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका फेरबदल गरेको छ । बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार असोज ९ र १० गते देशभर ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ । यसअघि असोज ६ र ७ गते परीक्षा […]

२० भाद्र । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दुहरूले मनाइने वार्षिक पर्व हो। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा(आराधना, प्रवचन, भजन ,कीर्तन गर्नुका साथै विशेषगरी […]

    भाद्र १९, २०८०बुटवल — बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतगणना प्रक्रिया सुरु भएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो ४:४५ बजेदेखि मतगणना सुरु भएको हो ।   मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले सबै मत गनेर नतिजा आजै सार्वजनिक गर्ने बतायाँ नेतृत्व चयनका लागि ९ सय ६५ जनाले मतदान गरेका […]