लुम्बिनी। सरकारले यस वर्ष समयमै धानको समर्थन मूल्य तोके पनि लुम्बिनी प्रदेशका किसान तोकिएको दरमा धान बिक्री गर्न नसकी बाध्यतावश सस्तोमा व्यापारीलाई बेच्नु परेको गुनासो गर्दै आएका छन् । बाँके, दाङ, बर्दिया, कपिलवस्तु र पश्चिम नवलपरासीका किसानका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ढिलो गरी खरिद सुरु गर्दा र बजारमा सरकारी नियमन नहुँदा उनीहरू नोक्सानीमा […]
बर्दिया —मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार गुलरिया–७ का ३० वर्षीय विकास यादवको मृत्यु भएको छ । उनको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी देवेन्द्रकुमार मल्लका अनुसार राजापुर नगरपालिका–१० स्थित जोगीपुर हुलाकी सडक खण्डमा राजापुर हुँदै गुलरियातर्फ आइरहेको लुप्र ०३००१प४१५७ नम्बरको मोटरसाइकल […]
२०८२ कार्तिक २३ गते (आइतबार) दिउँसोः कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । रातीः कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा […]
जनकपुरधाम —नेकपा माओवादी केन्द्रका सांसद रहबर अन्सारीले मधेश प्रदेश सभामा आफैं मोसो दलेर संसद्लाई सम्बोधन गरेका छन् । मधेश प्रदेश सभामा शनिबार बोल्दै उनले आफ्नो अनुहारमा आफैं मोसो दलेका हुन् । ‘आज सार्वजनिक अपराध स्वीकार गर्न आएको छु । म पक्ष र विपक्ष कुनैमा मतदान गर्दिनँ । कुनै पनि पार्टीको कुरा मान्दिनँ,’ उनले अनुहारमा […]
बिबिसी -सरकारले फागुन २१ गते तोकिएको चुनाव गराउनेमा दृढता प्रकट गरिरहेको छ, तर कतिपयमा अझैँ पनि चुनाव होला भन्ने संशय कायम देखिन्छ। खास गरेर प्रमुख राजनीतिक दलका नेताहरूबाटै आइरहेका अविश्वासपूर्ण अभिव्यक्तिले त्यसलाई बल दिएको ठानिएको छ। तर प्रधानमन्त्री सुशीला कार्कीले सोमवार निजामती र सुरक्षा अङ्गका उच्च अधिकारीहरूलाई संयुक्त निर्देशन दिँदै चुनावको पूर्वतयारीका काम चुस्त […]
लमजुङ/ रासस- लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति मर्स्याङ्दी गाउँपालिका-३ खुदिबाट सोही पालिकाको वडा नं. ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ […]
रौतहट /ईकान्तिपुर—नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ । एक महिनादेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका आलमको स्वास्थ्य अवस्था खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो । उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई दसैंअघि देखि भर्ना गरिएको थियो । पछिल्लो एक सातादेखि आलमको स्वास्थ्यमा थप समस्या खराब बन्दै गएपछि […]
२०८२ कार्तिक २२ गते (शनिबार) दिउँसोः कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । रातीः कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ ।
बनियानी । जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकबाट अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पूजा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशाल नगरस्थित आफ्नो सम्पर्क कार्यालयमा उपत्यकामा उपलब्ध आफूनिकट जिल्ला सभापतिहरूसँग उनले छलफल गरेका छन्। नेता कोइरालाले पार्टीमा देखिएको पछिल्लो विवादबारे जिल्ला सभापतिहरूसँग छलफल गरेका केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलले पुष्टि गरेका छन्। उनकाअनुसार छलफलमा जिल्ला सभापतिहरूसँगै जिल्लाका पूर्वसभापतिहरू, प्रदेश कार्यसमितिका पदाधिकारी, केही केन्द्रीय सदस्यहरू पनि सहभागी […]











