बर्दिया — पुस १५ गते मधुवन नगरपालिका–२ कोठिया गाउँकी १७ वर्षीया विनिता परियारको ज्यान लिने बाघ नियन्यत्रण गर्नका लागि बर्दिया राष्ट्रिय निकुञ्जले दुई वटा हात्ती र प्राविधिक टोलीसहित नेपाली सेना परिचालन गरेको छ । खाता जैविक मार्गको पत्थरबोझी क्षेत्रमा बाघको खोजी गरी नियन्त्रणमा लिन संयुक्त टोली खटिएको हो । केही महिनायता हात्ती, बाघ, चितुवाले मानिसको […]
साधन घर्ती म्याग्दी (दरबाङ), पुस १८ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाइछिपाइ राखिएका ११५ थान अवैध भरुबा बन्दुक बरामद गरेको छ । ग्रामीण क्षेत्रमा बन्यजन्तुको शिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउन सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुबा बन्दुक खोज अभियानअन्तर्गत एक […]
जनकपुरधाम । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा क्लोथ बैंक नेपालले मानवतामूलक कार्यको सुरुवात गरेको छ । क्लोथ बैंकका अध्यक्ष डा.राजीव झाको नेतृत्वमा बिहीबार बिहान कबिर बाल आश्रमका संचालक संत सत्यनारायण आलोकलाई आश्रममा रहेका बालबालिकाहरुको लागि १५ थान ज्याकेट र ७ थान सिरक हस्तान्तरण गरिएको हो । नयाँ वर्षको पहिलो दिन बिहानै अध्यक्ष डा. […]
रासस काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर प्रयोग गरिनेछ । ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन आयोगले आग्रह गरेको छ । आयोगले […]
खजुरा। बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् […]
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा शुक्रबार दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही […]
ललितपुर, पुस १७ गते । ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका एक हजार २८० जना कैदीबन्दी फरार भएका थिए । कारागार प्रशासनका अनुसार हालसम्म तीमध्ये ७० प्रतिशत कैदीबन्दी स्वेच्छाले वा […]
जनकपुरधाम । कठ्याङ्ग्रिँदो जाडोका बीच जनकपुरधामका सडक पेटी तथा सार्वजनिक स्थानमा राति बेवारिसे र असहाय अवस्थामा सुतेका गरिब व्यक्तिहरूलाई लक्षित गरी क्लोथ बैंक नेपालले रात्रीकालीन सिरक वितरण अभियान सञ्चालन गरेको छ । क्लोथ बैंक नेपालका अध्यक्ष डा. राजीव झा, सचिव मनीष श्रीओम,प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, डिआइजी गोविन्द थपलिया, एसपी गुरुम कुँवर, क्लोथ बैंक […]
गुलरिया । बर्दियामा चितुवाको आक्रमणबाट आज बिहान दु बारबर्दिया नगरपालिका ६, मनिकापुरका ५३ वर्षीय जलवीर थारू र २५ वर्षीय ईश्वर थारू घाईते भएका छन् । उनीहरुलाई मनिकापुर नगरअस्पताल नजिकै चितुवाले आक्रमण गरेको स्थानीयले जनाएका छन् । बाटोमा हिँडिरहेको समयमा चितुवाले आक्रमण गरेको हो । घाइते इश्वरको बाँया खुट्टाको पैताला र जलवीरको ढाडमा चोट लागेको छ […]
काक्रेविहार (सुर्खेत) । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गते बिहान ९ बजे बारेकोट–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित छ जना सिकार खेल्न गएकामा प्रचण्ड देवको मृत्यु भएपछि उनीहरूलाई पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा घटनास्थल नजिक खाल्डोमा भरुवा बन्दुकसहितका हातहतियार […]












