नेपालगन्ज- करिब ३ हजार बालबालिकाको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको बाँकेमा औपचारिक रुपमा शुभारम्भ गरिएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउने कार्यक्रम रहेको छ । जसअन्तर्गत बाँकेको नेपालगन्ज रंगशालामा २५ भन्दा बढी विद्यालयहरुको सहभागितामा फिफा […]
काठमाडौं, कात्तिक १७ गते । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ । कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणममा […]
बर्दिया —चार वर्ष यता बर्दिया राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले ६ वटा पाटे बाघको मृत्यु भएको छ । तीमध्ये ३ भाले,२ पोथी र १ डमरु रहेको बर्दिया निकुञ्जका सूचना अधिकारी वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले जनाए । पछिल्लो पटक सन् २०२२ मा बर्दियामा गणना हुँदा १ सय २५ बाघ वटा थियो । बर्दिया निकुञ्जमा डेढ […]
बर्दिया – आज दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई […]
काठमाडौं । महिला एकदिवसीय क्रिकेटको इतिहासमा पहिलोपटक न त अष्ट्रेलिया वा इंग्ल्यान्ड फाइनलमा छन्। यस पटकको विश्वकपले नयाँ विश्वविजेता पाउने निश्चित भइसकेको छ, जहाँ भारत र दक्षिण अफ्रिका आइतबार नवी मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा उपाधि भिडन्तका लागि आमनेसामने हुँदै छन्। गएको दशकमा धेरै चुनौती पार गरेका यी दुई टिमले यस पटक पनि कठिन परिस्थितिमा […]
बुटवल । बुटवलमा परस्त्रीसँग होटलमा बसेका बुटवल उपमहानगरपालिका–६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको शनिवार दिउँसो मृत्यु भएको छ। प्रहरीले उक्त घटनाबारे विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको जनाएको छ । बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटेल एन्ड लजमा एक विवाहित महिलासहित होटल पुगेका उनी मृत अवस्थामा भेटिएका हुन । क्षेत्रीको शव पोस्टमार्टमका लागि तत्कालै अस्पताल […]
गुल्मी — मालिका गाउँपालिका ३ ह्वाङ्दी म्यालका २३ वर्षीय भोटबहाद बिकले बुबा ५२ वर्षीय धनबहादुर बिकको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, आमा ४९ वर्षीया दिलमाया बिकलाई समेत घाइते बनाएका थिए । हँसिया र मुंग्राको प्रहारबाट बुबाको घटनास्थलमै मृत्यु भएको थियो । आमालाई उपचारका लागि गुल्मी अस्पताल हुँदै पाल्पा पठाइएकोमा हाल […]
काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउने भएको छ । निर्वाचन आयोगमा आधिकारिकता प्राप्तको प्रमणपत्र लिन दिउँसो २ बजे जाने तय भएको उक्त पार्टीका लिजा राईले जानकारी दिए । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । यो पार्टीको अध्यक्षमा हर्क साम्पाङ […]
बर्दिया। नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। आइतबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । आज […]
काठमाडौँ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी […]












